images
images

गराँसकी यमुनालाई बचाउन आर्थिक सहयोगको अपिल

कटारी / कटारी नगरपालिका वडा नम्बर २ गराँसकी ४० वर्षिय यमुना धमललाई आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । ब्रेनटिभी र मेनेन्जाईटिसकी विरामी यमुनाको हाल काठमाडौंको वाँसवारीस्थित न्युरो अस्पत्तालमा उपचार भईरहेको छ ।
दुई सन्तानकी आमा यमुना एकल महिला हुन् । उनलाई हालसम्म उपचारमा ५ लाख खर्च भईसकेको छ । ‘आर्थिक अवस्था कमजोर छ , अहिले थप उपचार गर्न समेत समस्या भएको छ ।’विरामीका आफन्त सूर्य धमलाले भने , ‘ यमुनालाई बचाउन अभैm पनि दुईहप्ता बढी अस्पत्तालमा राख्नुपर्ने डाक्टले भनेका छन् , तर पैसा छैन् ,’
धमलाले यमुनालाई वचाउन सवैसँग सहयोगको अपिल गरेका छन् । उनलाई बचाउन सहयोग गर्न चाहानेले एनआईसी एसिया वैंकको खाता ९८६०४५८४७८ मा सहयोग रकम जम्मा गर्न सक्नुहुनेछ । उनलाई बचाउन हामी पनि सहयोगको अपिल गर्दछौं । तपाईहामी सवैको सानो सानो सहयोगले कसैको जीवन वाँच्न सक्नेछ ।