कटारी / कटारी नगरपालिकाका जनप्रतिनिधि /जनप्रतिनिधि र कर्मचारीहरु बीचमा आपसी मतभेद बढ्दै जाँदा त्यसको प्रत्यक्ष असर देखिन थालेको छ । जसका कारण स्थानीय तहको जनप्रतिनिधि र कर्मचारीहरु वीचमा रहेको आन्तरिक द्वन्दका कारण त्यसको असर भने प्रत्यक्ष रुपमा सेवाग्राही समक्ष पुगेको छ ।
आपसी मतभेद कारण नगरपालिकाका ९ जना वडाध्यक्षहरुले सोमबार नगरपालिकाको कार्यालयमा तालाबन्दी गरे । कार्यपालिकामा १७ जना सदस्यले असहमति जनाएको बुँदाहरु नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठ तथा प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराई मिलेर मनोमानी गरेको भन्दै ९ जना वडाध्यक्षहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए ।
तर उक्त तालाबान्दी मंगलबार (आज) केहि स्थानीयले नगरवासीले तोडे । सेवाग्राहीहरुलाई असर परेको भन्दै उनीहरुले ताला तोडेका हुन् । तालावन्दी तोडिएपछी नगरपालिकाका उपमेयर गिता खड्काले सबैले यसको कमिकमजोरीको बारेमा खोजि गरिने बताईन् ।
तालाबन्दीको कारणबारे जनताले थाहा पाउनुपर्ने बताईन् ।‘मेरो नगरपालिका कसले बन्द गर्छ भनेर आउनुभयो ।’उनले भनिन् ,‘उहाँहरुले गरेको कुरा सहि भए सच्चिएर जानुपर्छ नभए उहाँहरुले सरी भन्नुपर्छ ।’
नगरपालिकाको कार्यालय वन्द गर्न नदिने भन्दै सवै जनताले सौहार्दपूर्ण वातावरणमा काम हुने उनले बताईन् । त्यसैगरी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले सम्बन्धित वडाध्यक्षहरुबाट नगरपालिका तालावन्दी गरेकोमा घोर आपत्ति जनाए ।
नगरपालिका कसैको नीजित घर नभएकाले जनताको सेवा दिने घर भएकाले केहि त्रुटी भए सहज तरिकाले सेवा दिने बारे सोच्नुपर्ने बताए । ‘साथीहरुको असन्तुष्टि भए वा कर्मचारीहरुबाट कमिकजोरी भए आपसी छलफल गरेर जानुपर्छ ।’मेयर श्रेष्ठले भने ,‘वसेर चाहिं कसरी शुसासनयुक्त नगर बनाउनेबारे हामीले सोच्नुपर्छ ।’
मेयर श्रेष्ठले नगरले देशमा शुसासनमा राम्रो प्रगति गरेको बताए । नगरपालिकामा तालावन्दी गरेका वडाध्यक्षहरुले भने नगरका मेयर र प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईले आफुखुसी एकल निर्णय गर्ने गरेको बताए ।
कटारी ४ का वडाध्यक्ष भूपेन्द्रसिंह तामाङ्गले पंञ्चायतभन्दा एकलौटी गरेको प्रमुख प्रशाकीय अधिकृत भट्टराईलाई आरोप लगाए । त्यसैगरी वडा नम्बर १४ का वडाध्यक्ष अम्बर मगरले प्रशासकीय अधिकृतले सेवाग्राहीहरुलाई दुःख दिएको बताए ।
तालावन्दी गरेका वडा नम्बर २ का अध्यक्ष प्र्रेम थापा , ४ का अध्यक्ष भूपेन्द्रसिंह तामाङ्ग , ९ का वेगबहादुर आले मगर , १३ का शम्भु श्रेष्ठ , ११ का अनन्त हायु , ६ का प्रेम मगर ,१० का क्षेत्रबहादुर खड्काले प्रमुख प्रशासकीय अधिकृत आएपछी जनता आतकिंत भएको बताए ।
अधिकृत भट्टराई आईसकेपछी जनताले कर्मचारी , जनप्रतिनिधि सेवाग्राही सवैले दुःख पाएको बताए ।
वडाध्यक्षहरुले उपभोक्ता समितिले दुःख पाएको, काम आफू अनुकूल गरेको, योजना सम्झौता नगरेको, भुक्तानीमा सर्वसाधारणलाई दुःख दिने गरेको जनगुनासो आएकाले प्रशासकीय अधिकृतको कार्यकक्ष र नगरपालिकाको कार्यालयमा सोमबार तालावन्दी गरेका थिए ।
प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टाराई आएपछि नगरमा बेथिति बढेको भन्दै तालाबन्दी गर्नु परेको वडा नं २ का वडा अध्यक्ष प्रेम बहादुर थापाले बताए । वडाध्यक्षहरुले तालावन्दी गरेपछी प्रमुख प्रशासकीय अधिकृत भट्टराई लगायतले भने कर्मचारीहरुको हस्ताक्षर सहित दुव्र्यहार गरेको भन्दै विज्ञप्ति जारी गरेका छन् ।
यस अघि रहेका प्रमुख प्रशासकीय अधिकृत अनिल किराती सरुवा भएर संस्कृति तथा पर्यटन मन्त्रालयमा गएपछी आएका अधिकृत भट्टराईले जनताको काम नगरेको दुःख दिएको गुनासो सेवाग्राहीहरुले समेत गर्ने गरेका छन् ।