images
images

त्रिवेणी माविका शिक्षक, कर्मचारीहरुले छोराछोरी सामुदायिक विद्यालयमै पढाउने

-युवराज कार्की ( सन्ताेष) कटारी / त्रिवेणी मावि कटारीका सम्पूर्ण शिक्षक,कर्मचारीहरु, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारीहरुले शैक्षिकसत्र–२०८१ देखि आफू कार्यरत विद्यालयमा आफ्ना छोराछोरीहरु भर्ना गर्ने भनी सामुहिक प्रतिवध्दता जनाएका छन् । विद्यालय व्यवस्थापन समिति , शिक्षक अभिभावक संघ संघ तथा शिक्षक–कर्मचारीहरुको २ चैत्रमा वसेको संयुक्त बैठकबाट ऐतिहासिक निर्णय भएको विद्यालयले जनाएको छ ।
शैक्षिक गुणस्तर सुधार गर्दै जाने क्रममा सामुदायिक विद्यालयले झेल्नुपर्ने थुप्रै बाधा–अवरोधहरु पन्छाउदै अघि वढीरहेको यो विद्यालयको शैक्षिक इतिहासमा २ चैत्रलाई विशेष दिनका रुपमा लिएको पनि विद्यालयले जनाएको छ ।
त्रिवेणी माविलाई यस भेगका अभिभावकहरुको पहिलो रोजाइको विद्यालय वनाउने अभियानमा साथ दिनुहुने सम्पूर्ण शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समिति , शिक्षक अभिभावक संघका पदाधिकारीलाइ हार्दिक धन्यवाद दिईएको विद्यालयका प्रधानाध्यापक वालकृष्ण कार्कीले बताउनुभयो ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने पवित्र अभियानमा सहयोग गर्नुहुन स्थानिय सरकार, वुध्दिजिवी, सरोकारवाला तथा आम समुदायलाइ विद्यालयले अनुरोध गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिराज दाहालले बताउनुभयो ।
वैठकले विद्यालयको गुणस्तर उकास्न विद्यालयका शिक्षक ,कर्मचारीले आफु कार्यरत विद्यालयमा वा नजिकैको सामुदायिक विद्यालयमा आप्mना छोराछोरीलाई पढाउनुपर्ने निर्णय समेत गरेको छ । २०७४ देखि २०७९ सम्म संघिय सरकारबाट नमुना विद्यलाय छनौट भई विद्यालयले शैक्षिक गुणस्तरमा वृद्धि गरिहेको छ ।