images
images

विभिन्न मागहरु सहित कटारी नगरलाई रास्वपाले ज्ञापन पत्र बुझायो(ज्ञापन पत्र सहित )

कटारी / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)नगर कमिटी कटारीले विभिन्न १३ वुँदे माग सहित कटारी नगरपालिकामा आज ज्ञापन पत्र बुझाएको छ । कमिटीका सभापति सुरेन्द्र प्रसाद जयसवाल हस्ताक्षरित ज्ञापन पत्र नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठलाई सभापति जयसवालले बुझाउनुभएको हो ।
ज्ञापन पत्रमा नगरपालिकाकाको विकास , समृद्ध बनाउन सुशासन , सामाजिक , राजनीतिक , नीतिगत अािर्थक अनियमितता , कालोबजारी विरुद्ध रचनात्मक सहयोग र सुझाव रास्वपाले दिन प्रतिवद्ध रहेको उल्लेख गरिएको छ । त्यसैगरी नगरपालिकाको सार्वजनिक जग्गा संरक्षणमा नगरपालिकाले ढिलासुस्ती गरेको भन्दै ध्यानाकर्षण गराईएको छ ।
त्यसैगरी किसानको दुध खरिद नभएको जनगुनासो , मौसमी डेंगुको प्रकोप , बजारलाई कुरुप वनाउने फोहोर , लगायतका विषयमा पनि नगरपालकालाई ध्यानकर्षण गराईएको छ । बजार क्षेत्रमा जथाभावि राखिने निर्माण सामाग्री , नगरमा दर्ता विना संञ्चानलमा ल्याईएका व्यवसायलाई दर्ता प्रकृयामा ल्याउनुपर्ने , कटारीमा खस्कंदो व्यापार व्यवसाय , मेडिकल कलेज स्थापनका लागि पहल लगायतका विषयमा पनि रास्वपाले नगरपालिकालाई ध्यानाकर्षण गराएको छ ।
त्यस्तै सामुदायिक विद्यालयमा शिक्षकहरु नियमित नआउने जनगुनासो , विद्यालयको शैक्षिक सुधार , सिमेन्ट उद्योगहरुले नगरपालिकामा गरेको सम्झौता कार्यान्वयन , जग्गाको नाम नक्सा , वाँकी जग्गा नाप्ने कार्यमा पनि नगरपालिकालाई रास्वपाले ध्यानाकर्षण गराएको छ ।
पार्टीका पदाधिकारीहरु , सुरक्षा निकायका प्रतिनिधि लगायतको उपस्थितिमा रास्वपाले मेयर श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको सभापति जयसवालले बताउनुभयो ।