कटारी/ उदयपुरको कटारी नगरपालिका वडा नम्बर ३ ले वडा भित्र रहेका टोल विकास समितिहरुलाई कार्यालय व्यवस्थापनको लागि आवश्यक मसलन्द सामाग्री वितरण गरेको छ । वडा भित्र रहेका १२ वडा टोल विकास समितिलाई प्लास्टिकको कुर्सी, तालाचावी, प्रिन्ट पेपर, रेकर्ड फाईल, छाप लगाएतका आवश्यक तथा आधारभुत उपभोग्य सामाग्री प्रदान गरिएको हो ।
टाले विकास समितिनै वडाको महत्वपुर्ण सहयोगी भएकोले विकास समितिलाई सक्रिय तथा व्यवस्थित बनाउन सामाग्री प्रदान गर्रिएको वडा अध्यक्ष पुस्कर खड्काले बताउनु भयो । वडाबासिको सवै भन्दा नजिक टोल विकास समिति भएकोले टोल विकास समिती मार्फत आउने योजनाहरु वडाको आवश्यक योजना हुने भएकोले योजना छनौट, अनुगमनमा टोल विकासलाई प्राथमिकता दिइने खड्काले बताउनु भयो ।


जनता भ्वाइस 







