images
images

वित्तीय सुशासन जोखिम मूल्याङ्कनःकटारी प्रथम

कटारी /स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (FRA) मा उदयपुरको कटारी नगरपालिका प्रथम भएको छ। कटारीले आर्थिक वर्ष २०७९÷८० को नतिजामा ८३ प्रतिशत अङ्क प्राप्त गर्दै जिल्ला प्रथम भएको हो।

कटारीले योजना बजेट तथा कार्यक्रम व्यवस्थापनमा सत प्रतिशत, कार्यान्वयन क्षमता तथा व्यवस्थापन ८१ दशमलव ०३, लेखाङ्कन तथा प्रतिवेदनमा ८२ दशमलव ३५ प्रतिशत, अनुगमन मूल्याङ्कन तथा लेखा परीक्षणमा ६८ दशमलव ७५ र राजस्व व्यवस्थापनमा ७९ दशमलव ४१ प्राप्त गरेको जनाइएको छ। जिल्ला समन्वय समितिले मूल्याङ्कन गरी अन्तिम नतिजा प्रकाशन गरेको थियो।

सो मूल्याङ्कनअनुसार जिल्लाको चौदण्डी नगरपालिकाले ७२ दशमलव ५ अङ्क, बेलका नगरपालिकाले ५५ दशमलव ५ अङ्क, प्राप्त गरेको छ भने त्रीयुगा नगरपालिले काम सम्पन्न नगरेको पाइएको छ । यसै गरी उदयपुरगढी गाँउपालिकाले ७३,रौतामाई गाँउपालिकाले ६०,ताप्ली गाँउपालिकाले ५२ दशमलव ५ र लिम्चुङबुङ गाउँपालिकाले ४६ दशमलव ५ प्रतिशत अंक प्राप्त गरेका छन् ।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) मा पनि कटारी नगरपालिका ९३दशमलव २५ प्रतिशत अंक सहित जिल्लामा पहिलो भएको थियो ।