
कोशी प्रदेशका कृषि उधोग तथा सहकारी मन्त्री राम कुमार खत्रीले उधोग क्षेत्र विकास र समृद्धिको मेरुदण्ड भएको बताउनु भएको छ । उदयपुर उधोग बाणिज्य संघ कटारीको १७ औ साधारण सभाको अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथी खत्रीले मुलुकको आर्थिक उन्नती र समृद्धिको लागि उधोगको आवश्यकता भएकोले साना तथा ठुला उधोगको संरक्षण तथा प्रवर्द्धनमा जोड दिनु पर्ने बताउनु भयो । खत्रीले कृषि उत्पादन लाई पनि उधोगको रुपमा विकास गर्न र बजार संग जोड्न उधोगीहरु संग आग्रह गर्नु भयो । उहाँले कटारीमा औधोगिक ग्राम स्थापना,चिस्यान केन्द्र, औधोगिक मार्ग लगाएतका विषयमा आफूले पहल गर्ने बताउनु भयो । यस्तै खत्रीले घरेलु तथा साना उधोगको प्रवर्द्धन, तथा कोदोको रक्सीलाई ब्राण्डिगं गर्न सके यस क्षेत्रमा आर्थिक विकास हुन सक्ने बताउनु भयो । कटारी नगर उप्रमुख गीता खड्काले उधोग बाणिज्य संघले सामाजीक उतरदायित्वको भुमिका निर्वाह गर्दै, उधोगीको समस्या संग नजिक रहन पनि संघलाई आग्रह गर्नु भयो ।
उदयपुर उधोग बाणिज्य संघका उपाध्यक्ष अरुण शाहको सभापतित्वमा भएको साधारण सभामा नेपाल उधोग बाणिज्य महासंघका केन्द्रिय कार्यकारिणी सदस्य प्रयास कार्कीले देशको अर्थतन्त्र नीजी उधोगले धानेको बताउदै उधोग धन्दा सञ्चालनका लागी सरकार लगानीको वातावरण बनाउननै पन्छिरहेको बताउनु भयो । उहाँले उधोगधन्दा , कलकारखाना तथा औधोगिक क्षेत्रको विकासका लागि सबैभन्दा पहिला लगानीमैत्री वाताबरण बनाउन आवश्यक रहेको सुझाव दिनु भयो ।जबसम्म ब्यवसायीले ढुक्क संग लगानी लगाउने वातावरण पाउँदैन तबसम्म देशमा लगानी नबढ्ने उहाँको भनाई थियो ।
कार्यक्रममा उदयपुर उधोग बाणिज्य संघकी कोषाध्यक्ष द्धारीका खड्काले संघको आयव्यय प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रममा कटारीका उधोगी व्यवसायी तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।