![](https://i0.wp.com/jantavoice.com/wp-content/uploads/2024/02/IMG_20240225_073834-scaled.jpg?fit=1568%2C805&ssl=1)
कटारी /उदयपुरको कटारी वडा नम्बर ५ मा रहेको श्री सरस्वती माध्यमिक विधालयको ४२औ अभिभावक तथा बार्षिकत्सव विविध कार्यक्रम सहित मनाइएको छ । विधालयको वार्षिक उत्सव कार्यक्रमका प्रमुख अतिथि उदयपुर क्षेत्र नम्बर २ का संघिय सांसद अम्बर बहादुर रायमाझीले विधालयको शैक्षिक गुणस्तरमा वृद्धि गर्न विधार्थी, शिक्षक र अभिभावकको त्रिकोणात्मक समन्वय आवस्यक रहेको बताउनु भयो ।उहाँले विधालयको शैक्षिक तथा भौतिक विकासका लागि आफुले आवश्यक सहयोग गर्ने पनि बताउनु भएको छ ।
यसै गरी विधार्थीहरुबाट विविध सांस्कृतिक तथा सांगेतिक प्रस्तुति प्रस्तुत गरिएको थियो।