images
images

मन्त्री किरातीद्वारा सगरमाथा विमानस्थलको अनुगममन

गाईघाट/ संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीले शुक्रबार उदयपुरको त्रियुगा नगरपालिका १ जोगिदह स्थित निर्माण गर्न लागिएको सगरमाथा विमानस्थलको स्थलगत अनुगमन गरेका छन् । जिल्लामा निर्माणाधीन सगरमाथा आन्तरिक विमानस्थलको निरीक्षण अवोलकन गर्दै मन्त्री किराँतीले तत्काल उड्ययन प्राधिकरणका प्रमुखलाई फोन गरेर काम अघि बढाउन निर्देशन दिए ।
मन्त्री किरातीले फोनमा निर्देशन दिंदै बजेटको व्यवस्था गरेको भन्दै प्रकृया अघि बढाउन निर्देशन दिए । ‘उदयपुरको सगरमाथा विमानस्थलमा छु , आकाशबाट हेर्दा त एयरपोर्ट जस्तै देखिने रहेछ ।’मन्त्री किरातीले भने ,‘तपाईलाई यहि नै सहभागी बनाएको जस्तो गरेर फोन गरिरहेको छु , प्रकृया अगाडी बढाउनुहोस ।’
नेपाल जस्तो मुलुकमा विमानस्थल बनाउन समेत सजिलो नभएको र निर्माण भइसकेपछि पनि सञ्चालन गर्न कठिन रहेको मन्त्री किरातीको भनाई थियो । नेपालका २२ वटा विमानस्थल निर्माण भएर पनि संचालन गर्न नसकिएको भन्दै मन्त्री किरातीले उदयपुर, भोजपुर र खोटाङका केही ठाउँका स्थानीयहरु लक्षित गरेर मात्र सगरमाथा आन्तरिक विमानस्थल चल्न नसक्ने बताए ।
उक्त विमानस्थलमा क्रस बोर्डर फ्लाईट र माउन्टेन फ्लाईटबाट भने केही संभावना हुने मन्त्री किरातीको धारणा थियो । १५६ हेक्टर वन क्षेत्रमा निर्माण हुने विमानस्थलको काम अघि बढेको छ । मन्त्री किरातीलाई बिमान स्थल निमार्ण समितिका अध्यक्ष बीरेन्द्र बस्नेतले बजेट अभावमा निर्माणको काम सुस्त गतिले भैरहेको बताउदै निर्माण सुरु हुनु अघि देखिको गतिविधि बारे जानकारी गराएका थिए ।
बस्नेतले मन्त्री किरातीलाई पर्याप्त बजेटको व्यबस्था गरिदिन समेतअध्यक्ष वस्नेतले अनुरोध गरे । विमान स्थलको निर्माण कार्य निकै सुस्त गतिमा भैरहेको अबस्थामा मन्त्री किरातीले अचानक बिमान स्थलको निरीक्षण गरी कामको बारेमा जानकारी लिन आईपुगेका हुन् ।