images
images

कटारीमा १३ औं जिल्लास्तरीय राष्ट्रपनि रनिङ् शिल्ड खेलकुद प्रतियोगिता सुरु

कटारी/ उदयपुरको कटारी नगरपालिकामा १३ औं अन्तर पालिका जिल्ला स्तरीय राष्ट्रपनि रनिङ् शिल्ड खेलकुद प्रतियोगिता आजदेखि सुरु भएको छ । कटारीको त्रिवेणी माविको प्राङ्गणमा प्रतियोगिताको उदघाटन कोशी प्रदेश सभा सदस्य रामकुमार खत्रीले गर्नुभयो ।
जिल्ला जिल्ला खेलकुद विकास समितिका अध्यक्ष पर्वत दाहालको सभापतित्वमा एक कार्यक्रमको आयोजना गरी प्रतियोगिताको उदघाटन गरिएको हो । प्रतियोगिताको उदघाटन गर्दै प्रमुख अतिथि खत्रीले जिल्ला हुँदै प्रदेश र राष्ट्रियस्तरमा खेलको माध्यमबाट नाम राख्न सकिने बताउनुभयो । त्यसैगरी खेलको विकास र उन्नतीका लागि प्रदेशबाट सकेको सहयोग गर्ने पनि खत्रीले प्रतिवद्धता जनाउनुभयो ।
त्यसैगरी कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले कटारीमा प्रतियोगिताको आयोजना गरेकोमा विकास समिति प्रति आभार व्यक्त गर्नुभयो । अनुशासन र मर्यादामा रहेर खेल्न खेल्न खेलाडीहरुलाई मेयर श्रेष्ठले आग्रह गर्नुभयो । त्यसैगरी वेलका नगरपालिकाका मेयर अशोक कार्कीले यो प्रतियोगिताले गाउँगाउँका प्रतिभावान खेलाडीहरुले अवसर पाउने बताउनुभयो ।
कटारी नगरपालिकाका उपपमेयर गिता खड्काले कटारी नगरपालिकाको पहलमा पहिलो पटक जिल्ला स्तरीय प्रतियोगिता आयोजना गरेकाले यसलाई सफल पार्न सवैले सहयोग गर्नुपर्ने बताउनुभयो । विकास समितिका अनुसार प्रतियोगितामा कटारी , त्रियुगा , वेलका , चौदण्डी नगरपालिका , रौतामाई , उदयपुरगढी , र ताप्ली गाउँपालिकाका खेलाडीहरु सहभागी भएका छन् ।
आठ स्थानीय तह रहेको जिल्लाको लिम्चुङवुङ्का खेलाडीहरु सहभागी भएका छैनन् । प्रतियोगिता दुईदिन सम्म चल्नेछ । प्रतियोगितामा एथलेटिक्स तर्पm एकसय , दुईसय , चारसय , आठसय , पन्ध्रसय र तीनहजार मिटरको दौड , एकसय र चारसय मिटरको रिले दौडका साथमा हाईजम्प , लङ्गजम्प , त्रिपलजम्प , ज्याभलिन थ्रो , सटपुटमा छात्र छात्राहरुले प्रतिष्पर्धा गर्नेछन् । त्यसैगरी मार्सल आर्ट तर्पm सितोरियो कराते , तेक्वान्दो र उसु तर्पm छात्रछात्राले प्रतिष्पर्धा गर्नेछन् ।