images
images

ओख्लेमा डढेलो गाउँपस्दा घरगोठ जलेर नष्ट

कटारी /उदयपुरको ताप्ली गाउँपालिका वडा नम्बर १ ओख्ले डाँडागाउँमा डढेलो गाउँमा पस्दा रमेश मगरको घरगोठ जलेर नष्ट भएको छ । आज दिउँसो तीन बजेको समयमा नजिकैको वनमा लागेको डढेलो गाउँपस्दा मगरको घरगोठ जलेर नष्ट भएको गाउँपालिकाका अध्यक्ष ढुंगाराज विश्वकर्माले जानकारी दिनुभयो ।
वडाध्यक्ष उद्धब हमालका अनुसार आसपासमा रहेको सल्लाघारी बनमा आगलागी भएको हो ।‘केहि वन र पाखोबारीहरुमा डढेलो लागेको रहेछ । ’वडाध्यक्ष हमालले भन्नुभयो ,‘घरगोठ सवै जलेको र घरको अन्नपात , भाँडाकुँडा लगायतका सवै सामाग्री जलेको भन्ने आएको छ ।’
सल्लाघारी रहेको बन क्षेत्रमा लागेको डढेलो वेस्सरी हावा चल्दा गाउँमा पुगेको स्थानीय राजनसिंह ठकुरीले बताउनुभयो । ‘केटाकेटीले आगो लगाएको पनि हुनसक्छ ।’उहाँले भन्नुभयो ,‘हावाका कारण डढेलो पैmलिएको छ अन्य आधादर्जन घर पनि जोखिममा छन् ।’
आगलागीबाट कति क्षति भयो यकिन भईनसकेको र प्रहरी लगायतको टोली घटनास्थल तर्पm गईसकेको गाउँपालिका अध्यक्ष विश्वकर्माले बताउनुभयो । घटनास्थल पुगेपछी आवश्यक नियन्त्रण , क्षतिको विवरण र राहतका कार्यमा गाउँपालिकाले काम गर्ने पनि अध्यक्ष विश्वकर्माले बताउनुभयो ।
ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायव उपरीक्षक सुभाष राईका अनुसार घटनास्थल तर्पm प्रहरी चौकी रुपाटारबाट प्रहरी खटाईएको छ । घटनास्थल गाउँपालिका केन्द्र रुपाटारबाट पनि एकघण्टा बढी समयमा पुगिने पनि उपरीक्षक राईले बताउनुभयो । घटनास्थल पुगेपछी क्षतिको विवरण आउने र अन्य आगलागी नियन्त्रणमा लिईने पनि उपरीक्षक राईले बताउनुभयो ।