कटारी /कटारी नगरपालिकाका ४ सय ५० जनाको निशुल्क आँखा जाँच गरिएको छ । कटारी नगरपालिकाको सहयोगमा साथी समूह कटारीले दुईदिने निशुल्क आँखा शिविरको आयोजना गरी उनीहरुको निशुल्क आँखा जाँच गराएको हो ।
समूहका अध्यक्ष विजय अधिकारीका अनुसार शिविरमा आएका ६१ जना आँखाका विरामीहरुको मोतिविन्दु तथा आँखामा मासु पलाएको शल्यकृया गर्नुपर्ने भएको छ । नवदृष्टि आई हस्पिटल , ईटहरीमा निशुल्क शल्यकृया गरिने भएको छ ।
स्वास्थ्य शिविरमा हस्पिटलले नै निशुल्क उपचारको व्यवस्था गरेको थियो । ‘आज पच्चीस जनालाई उपचारका लागि हस्पिटल पठाएका छौं ।’समूहका सचिव राजकुमार थापा क्षेत्रीले भन्नुभयो ,‘अन्यलाई पनि पालैपालो निशुल्क शल्यकृयाका लागि लैजाने छौं ।’
नगरपालिकाका उपमेयर गिता खड्काले शल्यकृयाका लागि जाने विरामीहरुलाई विदाई गर्नुभएको थियो ।