images
images

कटारीमा दुईदिने आँखा शिविर सुरु

कटारी / कटारीमा आजदेखि दुई दिने निशुल्क आँखा शिविर सुरु भएको छ । साथी समूह कटारीको आयोजना र कटारी नगरपालिकाको सहयोगमा शिविर सुरु भएको हो ।
नव दृष्टि आई हस्पिटल ईटहरी , ४ का दक्ष आँखा चिकित्सकहरुबाट शिविरमा उपचार भईरहेको समूहका अध्यक्ष विजय अधिकारीले बताउनुभयो । शिविरको आज विहान कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले उदघाटन गर्नुभयो ।
शिविरको उदघाटन गर्दै मेयर श्रेष्ठले स्वास्थ्यमा सवैको पहुँच पुराउने उद्येश्यले शिविरको आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा नगरपालिकाका उपमेयर गिता खड्का , वडा नम्बर ३ का अध्यक्ष पुष्कर खड्का , ४ का अध्यक्ष भुपेन्द्रसिंह तामाङ्ग , ५ का अध्यक्ष मोहन तामाङ्ग , लगायतका विभिन्न कार्यालयका प्रमुखहरुको समेत उपस्थिति रहेको थियो ।
शिविरमा निशुल्क नाम दर्ता आँखा जाँच तथा चस्मा जाँच , निशुल्क औषधि वितरण , मोतिविन्दुका विरामीलाई नव दृष्टि आई हस्पिटलमा लगि निशुल्क शल्यकृया समेत गरिने समूहका सचिव राजकुमार थापा क्षेत्रीले बताउनुभयो ।त्यसैगरी आँखामा मासु पलाएको लगायतका आँखा सम्बन्धि उपचार जारी रहेको छ ।
आँखा जाँच गराउन कटारी आसपासबाट उल्लेख्य संख्यामा आँखाका विरामीहरु आईरहेका छन् ।