images
images

कटारीमा समुदायमा काँग्रेस अभियान नेतृ कटुवालद्वारा शैक्षिक तथा स्वास्थ्य सामाग्री वितरण

कटारी /नेपाली काँग्रेसको ‘समुदायमा काँग्रेस’ अभियान आजदेखि सुरु भएको छ। सहिद दिवसको अवसर पारेर काँग्रेसले आजदेखि औपचारिक रुपमा अभियानको सुरुआत गरेको हो।
अभियानअन्तर्गत आज सबै वडा तहमा काँग्रेसले कार्यक्रमहरु गरेको छ।माघ २६ गतेसम्म सञ्चालन हुने अभियानमा नेताहरूले जनताका कुरा मात्रै सुन्नेछन्।
अभियानका लागि ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि र ७ वटै प्रदेशमा शीर्ष नेता खटाइएका छन् । त्यस्तै जिल्ला तह अन्र्तगत वडा तहसम्म नेताहरु खटिएका छन् ।
जस अन्र्तगत कटारीमा पनि काँग्रेसले वडा तहसम्म प्रतिनिधिहरु पठाएको छ । उक्त कार्यक्रम अन्र्तगत आज कटारी २ का लागि खटिनुभएका काँग्रेस युवा नेतृ तथा महाधिवेसन प्रतिनिधि मिरा कटुवालले विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप शैक्षिक तथा स्वास्थ्य सामाग्रीहरु प्रदान गर्नुभएको छ ।
मावि कल्याणपुरमा शहिद दिवशको अवसरमा आयोजित कार्यक्रममा नेतृ कटुवालले सामाग्रीहरु प्रदान गर्नुभएको हो । विद्यालयले दिवशको अवसरमा हाजिरी जवाफ , दौड र चित्रकला प्रतियोगिता आयोजना गरेको थियो ।
कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई कटुवालले सामाग्री वितरण गर्नुभएको हो । कार्यक्रमलाई प्रभावकारी बनाउन समुदायमा खटिएको नेतृ कटुवालले बताउनुभयो ।