images
images

आगलागी पीडितलाई शिक्षक संगठन कटारीद्वारा एकलाख बढी सहयोग

कटारी /कटारी नगरपालिकाले आगालागी पिडितलाई आर्थिक सहयोग प्रदान गरिएको छ । वडा नम्बर ११ हर्देनीका आगलागी पीडित रुद्र बहादुर विश्वकर्मालाई नेपाल राष्ट्रिय शिक्षक संगठन कटारी नगर समितिले आर्थिक सहयोग गरेको हो ।
समितिले आज विश्वकर्माको घरमै गएर नगद एकलाख ११ हजार १ सय पैंतालिस रुपैंया आर्थिक सहयोग गरेको हो । गएको पुष १९ मा विश्वकर्माको घरमा विजुली सर्ट भई आगलागी भएको थियो ।
आगलागि बाट घर पुर्णरुपमा क्षति हुनुका साथै घरभित्रको अन्न कपडा, गहना तथा नगद पैसा जलेर नष्ट भएको थियो । आगलागी पीडित विश्वकर्मा शिक्षक समेत हुनुहुन्छ ।
उहाँलाई शिक्षकहरुबाट नगद संकलन गरी राहत स्वरुप प्रदान गरिएको समितिका अध्यक्ष रेवती प्रसाद ढुंगानाले बताउनुभयो । अहिलेसम्मकै ठुलो रकम राहत सहयोग प्राप्त भएपछी पीडित विश्वकर्माले संगठनलाई धन्यवाद दिनुभयो ।