images
images

मन्त्रालयले गरेकाे स्थानीय तह स्वमूल्याकंनमा कटारी जिल्लामा प्रथम

कटारी /संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बनाएको संस्थागत क्षमता स्वमूल्यकंन कार्यविधि २०७७ अनुसारको मूल्याकंन (लिजा)मा उदयपुरका ८ पालिकामध्ये कटारी नगरपालिका प्रथम बनेको छ ।आर्थिक वर्ष २०७९।८०मा स्थानीय तहले गरेको मूल्याकंनमा कटारी नगरपालिकाले एकसयमा ९३ दशमलव २५ अंक ल्याएर जिल्लाका पालिकामा प्रथम बनेको हो ।
नगरपालिकाले यस अघिको मूल्याकंनमा सुधार गर्दै प्रथम बनेको हो । यस अघि क्रमशः४२ र ६४ अंकमा सुधार गर्दै ९३ दशमलव २५ अंक ल्याएको हो । नगरपालिकाले प्रशासनिक सुधार गर्दै लगेको नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले बताउनुभयो । नगरपालिकाको जनप्रतिनिधि तत्कालिन प्रमुख प्रशासकीय अधिकृत अनिल किराती , लगायतका कर्मचारी साथै नगर परिवार सरोकारवालाहरुको सहकार्यले मूल्याकंनमा सुधार आएको पनि मेयर श्रेष्ठले बताउनुभयो ।
आगामी दिनमा नगरपालिकाले थप कृयाशिल रुपमा प्रशासनिक सुधार गर्दै जाने पनि मेयर श्रेष्ठले बताउनुभयो । स्थानीय तहको कार्य प्रकृया र उपलब्धीहरुको बारेमा लेखाजोखा गर्न प्रत्येक वर्ष स्वमूल्याकंन गर्ने गरिन्छ । मूल्याकंन अनुसार जिल्लामा नगरपालिकामध्ये सवैभन्दा कम बेलका नगरपालिकाले ल्याएको छ ।
मन्त्रालयको तथ्याकं अनुसार वेलकाले ७२ दशमलव २५ अंक ल्याएको छ । त्यस्तै चौदण्डीगढीले ८० दशमलव २५ , त्रियुगाले ७७ अंक ल्याएको छ । गाउँपालिकामा रौतामाईले ८७ , उदयपुरगढीले ८५ दशमलव ५ , लिम्चुङ्बुङले ६९ दशमलव ५ र ताप्लीले ६६ अंक ल्याएको छ ।
कार्यविधि अनुसार शासकीय प्रवन्ध , संगठन तथा प्रशासन , वार्षिक बजेट , तथा योजना व्यवस्थापन , वित्तिय एवं आर्थिक व्यवस्थापन , सेवा प्रवाह लगायतको आधारमा मूल्याकंन गर्ने गरिन्छ ।