images
images

प्रभु महालक्ष्मी लाइफ ईन्स्युरेन्सद्वारा मृत्यु दावीभुक्तानी

कटारी/ प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड कटारी शाखाले आज एक कार्यक्रम गरी सिन्धुली ,दुधौली नगरपालिका वडा नम्बर ७ का मृतक गंगाबहादुर विश्वकर्माको छोरा इश्वर विश्वकर्मालाई चार लाख छ हजार छ सय रुपैयाँ मृत्यु दावीभुक्तानी गरेको हो । दावी रकम हस्तान्तरण गर्दै कटारी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष पुष्कर खड्काले जीवन बीमा उत्कृष्ट वचत संगै वित्तीय अभिभावक समेत रहेको बताउनु भयो ।
अध्यक्ष खड्काले बीमा अवधिभरिमा केही नहुँदा वचत र प्रतिफल समेत स्वयंले भुक्तानी पाइन्छ भने यसरी अचानक भवितव्यमा परि अभिभावक गुमाउँदाको अवस्थामा बीमाले अभिभावकको भूमिका खेल्ने भएकोले सबैले जीवन बीमा गर्नुपर्ने बताउनु भयो । २०८० भदौ ३१ गते गंगाबहादुर विश्वकर्माले ६ वर्ष अवधिको लागि रु. २ लाखको जीवनबीमा गरेको र २०८० मंसिर ४ गते सडक दुर्घट्नामा परि बीमितको निधनभएको हुनाले बीमाङक रकम २ लाख तथा दुर्घट्ना मृत्यु लाभवापतको थप रु. २ लाख र एक वर्षको बोनस समेत गरि जम्मा ४ लाख ६ हजार ६ सय रकम भुक्तानी गरिएको कम्पनीका कटारी शाखा प्रबन्धक शुभराज राईले बताउयनुभयो ।