कटारी/ कटारी नगरपालिका वडा नम्बर ८ मा आज निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे छ । मानव अधिकार र वातावरण विकास केन्द्र ( हुरेण्डेक) उदयपुरकाे आयाेजना र वल्ड नेवर्स , कटारी नगरपालिकाका साथै जिल्ला अस्पत्ताल उदयपुरकाे सहयाेगमा शिविर सम्पन्न भएकाे हाे । शिविरमा एकसय २७ जनाले सेवा लिएका थिए । शिविरकाे उदघाटन गर्दै कटारी नगरपालिकाका उपमेयर गिता खड्काले राेग लुकाएर नबस्न आग्रह गर्नुभयाे । शिविरमा एकदर्जन महिलाहरूकाे पाठेर सम्बन्धि समस्या रहेकाे पाईएकाे थियाे शिविरमा निशुल्क आैषधि समेत विरतण गरिएकाे थियाे । शिविरमा कटारी अस्पत्तालका एमडिपिजिपि सन्ताेस साह लगायतका विशेषज्ञ स्वास्थ्यकर्मीहरूले सेवा दिएका थिए ।