images
images

मंगल परोकार विद्यालयका वालवालिकाहरुलाई न्यायो कपडा वितरण

कटारी /कटारी वडा नम्बर ३ बलियामा रहेको श्री मंगल परोपकार आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । मंगल शैक्षिक बिकास गुठीद्वारा संचालित बिद्यालयका ५५ जना बालबालिकाहरुलाई न्यानो कपडा बितरण हो ।
श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल प्रारम्भिक समिती इटहरीले एक कार्यक्रमको आयोजना गरि आज न्यायो कपड़ा बितरण गरेको हो । प्रतिनिधि सभा सदस्य प्रमुख अतिथि अम्बरबहादुर रायमाझीले कार्यक्रममा वोल्दै गुठीले बिपन्न बर्गका बालबालिकालाई शिक्षा प्रदान गरेको भन्दै गुणस्तरीय शिक्षा प्रदान गर्न आबश्यक पर्ने कुरा पूरा गर्न पहल गर्ने प्रतिबद्धता बताउनुभयो ।
त्यसैगरी कोशी प्रदेशका उपसभामुख सृजना दनुवारले प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताउनु भयो । त्यस्तै कटारी नगरपालिकाकी उपमेयर गिता खड्काले नगरपालिकाले सामुदायिक बिद्यालयको रुपमा दर्ता गरि शिक्षक उपलब्ध गराएको र अन्य सहयोग गर्ने बताउनुभयो ।
त्यसैगरी वडा अध्यक्ष पुष्कर खड्काले वडाले शैक्षिक गुणस्तरमा ध्यान दिने बताउनु भयो । गुठीले नर्सरी एल केजि यु केजि र एक कक्षा सम्म खाजा पोसाक निशुल्क प्रदान गर्दै शिक्षा दिदै आएको गुठीकी अध्यक्ष सीता खत्रीले बताउनु भयो ।
गुठीले बिद्याालय सँगै बृद्दाआश्रम पनि संचालन गरिरहेको छ ।आश्रममा विभिन्न जिल्लाका ७ जना बृद्द्बृदा रहेका छन ।