images
images

कटारी ,३ वडा स्तरीय लिग फुटबल सुरू

कटारी / कटारी ,३ नम्वर वडाकाे वडास्तरीय फुटबल टिम तयार गर्न लिग फुटबल सुरू भएकाे छ । शुक्रबारदेखि वडाकाे च्याँगा फुटबल मैदानमा प्रतियाेगिता सुरू भएकाे हाे । वडास्तरीय खेलकुद विकास समितिकाे आयाेजनामा प्रतियाेगिता सुरू भएकाे हाे । उक्त प्रतियाेगितामा उत्कृष्ट खेल प्रदशर्न गर्नेहरूबाट वडास्तरीय फुटबल टिम गठन गरि मेयर कप फुटबलमा खेलाउने तयारी रहेकाे प्रतियाेगिता संयाेजक यज्ञकुमार राईले बताउनुभयाे ।