images
images

कटारी १० काे एक विद्यालयलाई पाँच थान कम्प्युटर सहयाेग

कटारी/कटारी नगरपालिका वडा नम्बर १० स्थित शंखवेल आधारभूत विद्यालयलाई ५ थान कम्प्युटर सहयोग प्रदान गरिएको छ । काठमाडौं स्थित हामी हाम्रो लागि (विफरअस)नामक संस्थाले विद्यालयलाई कम्प्युटर सहयोग प्रदान गरेको हो ।
संस्थाका निर्देशक ललितजंग योञ्जनले ग्रामिण भेगका विद्यालयका विद्यार्थीहरुका लागि कम्प्युटरको ज्ञान शिक्षा लिन सहज होस भनेर सहयोग गरेको बताउनुभयो । स्थानीय रमेश श्रेष्ठले आप्mनो गाउँको विद्यालयमा कम्प्युटर पठन पाठन गराउन समेत समस्या भएको जानकारी गराएपछी आफुले संस्था मार्पmत कम्प्युटर सहयोग गरेको पनि निर्देशक योञ्जनले बताउनुभयो ।
वडाध्यक्ष क्षेत्रबहादुर खड्का लगायतका स्थानीय अगुवाहरु , विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु , प्रधानाध्यापक लगायतका शिक्षक शिक्षिकाहरुको उपस्थितिमा कम्प्युटर सहयोग हस्तान्तरण गरिएको हो । कम्प्युटर प्राप्त भएपछी विद्यार्थीहरुलाई अध्ययनमा सहज पुग्ने भन्दै स्थानीयले धन्यवाद समेत दिएका थिए ।