कटारी / कटारी ,८ भाण्टाबारी बबलाका आगलागी पिडित आेम विश्वकर्मालाई नेपाल रेडक्रस साेसाईटी कटारी शाखाले राहत प्रदान गरेकाे छ । शनिवार राति आगलागि हुँदा , लत्ताकपडा , भाँडाकुँडा लगायतका सामाग्री जलेकाे थियाे । विश्वकर्मालाई रेडक्रस कटारी शाखाले जिल्ला शाखासँग समन्वय गरि विभिन्न सामाग्री लत्ताकपडा लगायतका सामाग्री राहत घरमै पुगेर दिएकाे कटारी शाखाका अध्यक्ष राजिव तामाङ्ले बताउनुभयाे । विपतमा परेकाले रेडक्रस खाेज्ने नभई रेडक्रसले विपतमा परेकालाई खाेजेर सहयाेग प्रदान गर्दै आएकाे पनि तामाङ्गले बताउनुभयाे ।


जनता भ्वाइस 







