images
images

कटारी नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड त्रिवेणी मावि कटारीको कब्जामा

जन्ताभ्वाईस सम्वाददाता
२९ पुष , आईतबार , २०८०
कटारी / कटारी नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड त्रिवेणी मावि कटारीले कब्जा गरेको छ । आईतवार सम्पन्न तेस्रो कटारी नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा समेत प्रथम स्थान हासिल गरेपछी त्रिवेणी माविले शिल्ड कब्जा गरेको हो ।
यस अघि पहिलो र दोस्रोमा समेत प्रथम स्थान हासिल गरेको त्रिवेणीले लगातार तेस्रो पटक पहिलो स्थान हासिल गर्दै शिल्ड कब्जा गरेको हो । कटारी नगरपालिकाको आयोजनामा आईतबार सम्पन्न तेस्रो राष्ट्रपति रनिङ्ग शिल्डमा त्रिवेणी मावि ३३ स्वर्ण , ८ कास्य , र १३ रजत पदक सहित प्रथम भएको हो ।
त्यसैगरी ६ स्वर्ण , ४ कास्य र ७ रजत सहित कटारीकै सगरमाथा वोर्डिङ्ग स्कूल दोस्रो र ५ स्वर्ण , १५ कास्य र ४ रजत सहित मावि गुराँसे कटारी २ ले तृतिय स्थान हासिल गरेको थियो । तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका सदस्य सचिव समेत रहनुभएका त्रिवेणी मावि कटारीका प्रधानाध्यापक वालकृष्ण कार्कीका अनुसार प्रतियोगिताको समापन गर्दैै विजेता विद्यालयहरुलाई कटारी नगरपालिकाका प्रमुख मेयर राजेशचन्द्र श्रेष्ठ र उपप्रमुख गिता खड्काले पुरस्कार प्रदान गर्नुभयो ।
नगरपालिकाका सामाजिक विकास शाखाका संयोजक तथा वडा नम्बर ७ का अध्यक्ष सुविन ढुंगानाको सभापतित्वमा एक कार्यक्रमको आयोजना गरी प्रतियोगिताको समापन गरिएको हो । समापन गर्दै प्रमुख अतिथि मेयर श्रेष्ठले सवै खेलाडीहरुलाई वधाई दिंदै खेलले अनुशासन र अनुशासनले सवै क्षेत्रमा प्रगति गर्न सकिने बताउनुभयो ।