images
images

दुधौलीका मिटरव्याज पीडितहरु न्याय खोज्दै पैदल यात्रामा

जन्ताभ्वाईस सम्वाददाता
२७ पुष, शुक्रबार , २०८०
दुधौली/ मिटरव्याजी सुदखोरलाई सरकार र अदालतले संरक्षण गरेको भन्दै वृहत नागरिक मुक्ति आन्दोलनको दबाब पदयात्रा शुक्रबार दुधौलीबाट सुरु भएको छ । सिन्धुलीको कमलाखोंच क्षेत्रमा मिटरव्याजीहरुले धेरैलाई बेघरबार बनाएको भन्दै दुधौलीबाट पैदल हिनेको यात्रा , आईतबार सिन्धुली सदरमुकाम पुग्नेछ ।
विजय थापा नेतृत्वको यात्राले आईतबार जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा ज्ञापन पत्र बुझाउने र जिल्ला अदालतमा प्रदर्शन गर्ने कार्यक्रम रहेको छ । दुर्गा प्रसाई नेतृत्वको नागरिक मुक्ति आन्दोलन र राष्ट्र , राष्ट्रियता , धर्म , संस्कृति र नागरिक बचाउ अभियान अन्र्तगत अभियन्ता थापाको नेतृत्वमा यात्रा थालिएको हो ।
सिन्धुलीको कमलाखोंच क्षेत्रमा मिटरव्याजीहरुले धेरै समस्या पारेको भन्दै थापा नेतृत्वको अभियानले विभिन्न कार्यक्रमहरु गरिरहेको छ । मिटरव्याजीहरुको कालो धन छानविन गर्नुपर्ने मिटरव्याजीको पक्षमा भएको पैmसला कार्यन्वयन नगर्न , जाली तमशुक खारेजीको माग उनीहरुको छ ।
त्यसैगरी पीडितमाथि लगाईएको मुद्दा फिर्ता गर्नुपर्ने , शक्तिशालि कानुन निर्माण र अधिकार सहितको आयोग गठन , वैंक र वित्तिय संस्थाको व्याजदर घटाउनुपर्ने र लघुवित्तको सामुहिक ऋण मिनाहा र लघुवित्तको ज्यादती अन्त्य गर्नुपर्ने माग सहित उनीहरुले पदयात्रा थालेका हुन् ।
सरकार हराएकाले साकेंतिक रुपमा टर्च बालेर न्याया खोज्दै सिन्धुली प्रस्थान गरेको अभियन्ता थापाले बताउनुभयो । सिन्धुलीमा २७ बढि मुद्दा छलफल गरेकोमा धेरै मुद्दा पिडीतको पक्षमा नरहेको पनि थापाले बताउनुभयो । कमलाखोंचका दनुवार समुदायलाई मिटरव्याजीले लुटेर खाएको थापाको आरोप छ ।
पीडितलाई पीडित बनाईराखे अभियान झनै शसक्त बन्दै जाने अभियानका उदयपुर संयोजक निशान राईले बताउनुभयो । यस क्षेत्रमा अभियानले धेरै पीडितहरुको पक्षमा वकालत गरिरहेको भन्दै राईले यो यात्रालाई सामान्य नठान्न पनि सम्वन्धित पक्षलाई आग्रह गर्नुभयो ।
दुधौलीबाट प्रारम्भ भएको अभियानमा कमलाखोंचका विभिन्न क्षेत्रका पीडितहरुको जोडिंदै गएका छन् । पीडितहरुले न्याय नपाएकाले यात्रामा निस्किनुपरेको बताएका छन् ।