फायल फोटो जनताभ्वाईस
जनताभ्वाईस सम्वाददाता
२५ पुष , विहिबार , २०८०
कटारी/ कटारीमा तेस्रो नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता विहिबारदेखि सुरु हुने भएको छ । प्रतियोगितामा भलिवल , कबड्डी , एथलेटिक्स ,मार्सल आर्ट तर्पm कटारीका विद्यालयका छात्र छात्रा विद्यार्थीहरुले प्रतिष्पर्धा गर्ने कटारी नगरपालिकाका शिक्षा शाखाका स्रोत व्यक्ति सूर्य कार्कीले जानकारी दिनुभयो ।
एथलेटिक्स तर्पm एकसय , दुईसय , चारसय , आठसय , पन्ध्रसय र तीनहजार मिटरको दौड , एकसय र चारसय मिटरको रिले दौडका साथमा हाईजम्प , लङ्गजम्प , त्रिपलजम्प , ज्याभलिन थ्रो , सटपुटमा छात्र छात्राहरुले प्रतिष्पर्धा गर्ने पनि स्रोत व्यक्ति कार्कीले बताउनुभयो । त्यसैगरी मार्सल आर्ट तर्पm सितोरियो कराते , तेक्वान्दो र उसु तर्पm छात्रछात्राले प्रतिष्पर्धा गर्नेछन् ।
विहिबारदेखि तीनदिनसम्म चल्ने प्रतियोगिताका लागि नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठको अध्यक्षतामा व्यवस्थापन तथा निर्देशन समिति लगायत , प्रचार प्रसार , मूल्याकँन लगायतका उपसमितिहरु गठन गरिएको छ । व्यवस्थापन समितिको सदस्य सचिवमा त्रिवेणी माविका प्रधानाध्यापक वालकृष्ण कार्की रहनुभएको छ ।
प्रतियोगिताको भलिवल र कबड्डी त्रिवेणी माविमा , एथलेटिक्सका खेलहरु टाईगर फिल्डमा र मार्सल आर्ट तर्पmका खेलहरु कटारी , २ को गराँसमा संञ्चालन हुनेछ । विहिबार एक कार्यक्रमकावीच त्रिवेणी माविको प्रांगणमा प्रतियोगिताको उदघाटन गरिनेछ ।


जनता भ्वाइस 








