images
images

कटारी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा विनोद भट्टराई

जन्ताभ्वाईस सम्वाददाता
२३ पुष , सोमबार , २०८०
कटारी / कटारी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा विनोद भट्टराई आउनुभएको छ । सोमबार प्रशासकीय अधिकृत भट्टराईलाई नगरपालिकाका प्रमुख मेयर राजेशचन्द्र श्रेष्ठ लगायतका कर्मचारीहरुले स्वागत गरेको मेयर श्रेष्ठका सचिवालय प्रमुख सुदिप बरालले बताउनुभयो ।
भट्टराई मन्त्रालयबाट प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सहित कटारी नगरपालिका सरुवा भएर आउनुभएको हो । यस अघि प्रमुख प्रशासकीय अधिकृत अनिल किराती संस्कृति तथा पर्यटन मन्त्रालयमा सरुवा हुनुभएपछी भट्टराई प्रशासकीय अधिकृतमा आउनुभएको हो ।
भट्टराईले यस अघि ५ नगरपालिका र २ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालिसक्नुभएको छ । भट्टराईले सोमबारदेखि नै कटारी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्न थाल्नुभएको छ ।