जन्ताभ्वाईस सम्वाददाता
२२ पुष , आईतबार , २०८०
कटारी / शलेस युवा समूह कटारी , ५ भोर्लेले प्रत्येक शनिबार गरी एकमहिनो रग्बी प्रशिक्षण सुरु गरेको छ । रग्बी खेलको विकास गर्दै स्थानीय स्तरबाट रग्बीमा राष्ट्रिय सम्मको खेलाडी उत्पादनका लागि प्रशिक्षण सुरु गरेको क्लवका अध्यक्ष देवान थापाले बताउनुभयो ।
रग्बी खेल्न चाहाने तर कहाँ कसरी सिक्ने तथा अवसर नपाएकाहरुलाई यो प्रशिक्षण महत्वपूर्ण रहेको पनि क्लवका अध्यक्ष थापाले बताउनुभयो । प्रशिक्षणको प्रशिक्षक रग्बी खेलका राष्ट्रिय खेलाडी नविन दर्लामी मगर रहेका छन् ।
साउथन रग्बी युनिएन अष्ट्रेलिया मार्पmत गोर्खाली रग्बी क्लव काठमाडौंको सहयोगमा प्रशिक्षण सुरु भएको हो । प्रशिक्षणमा कटारीका ४० जना सहभागी छन् । खेलाडीहरुलाई खाजा , आउजाउ तथा जर्सी पनि उपलब्ध गराइएको छ ।


जनता भ्वाइस 








