images
images

कटारी नगरपालिका र अन्य संघसंस्थाद्धारा आगलागि पिडितलाई राहत प्रदान

जन्ताभ्वाईस सम्वाददाता
पुष २०,शुक्रबार २०८०
कटारी/उदयपुरको कटारी नगरपालिकाले आगालागी पिडितलाई राहत वितरण गरेको छ । वडा नम्बर ११ हर्देनी का रुद्र बहादुर विश्वकर्माको घरमा हिजो विधुत सर्ट भइ आगो लागि घर जलेर नष्ट भएको थियो ।
आगोलागी पिडितलाई आज नगर प्रमुख राजेशचन्द्र श्रेष्ठ उपप्रमुख गीता खड्का वडा अध्यक्ष अनन्त हायु, वडा नम्बर ३ का वडा अध्यक्ष पुस्कर खड्का, वडा नम्बर ७ का वडा अध्यक्ष सुविन ढुगांना लगाएत अन्य वडा सदस्यहरुले पिडितको घरमै पुगेर राहत वितरण गरेका हुन ।
नगरपालिकाले पिडित परिवारलाई दैनिक उपभोग्य वस्तुहरु दाल, चामल, तेल, सावुन, पानी खाने भाडा,म्याट, सिरक,डसना लताकपडा लगायत सामाग्री प्रदान गरिएको छ । पिडितलाई पुर्नस्थापनाको लागि नगरपालिकाले सहयोग गर्ने मेयर राजेशचन्द्र श्रेष्ठले बताउनु भयो ।
यसैगरी नेपाल रेडक्रस जिल्ला शाखा तथा कटारी नगरशाखाले पनि पिडितलाई खाध्यन्न,भाडाँकुडा तथा कपडा त्रिपाल लगाएतका सामाग्री वितरण गरिएको नेपाल रेडक्रस सोसाईटी नगर शाखा कार्यसमितिका सचिव ईश्वर पोखरेलले बताउनु भयो।
यस्तै विपदको क्षेत्रमा कामहरु गर्दै आएको शुभारम्भ समाज नेपालले पनि आगलागि पिडितको घरमै पुगेर खाध्यन्न, कपडा सिरक, भाँडाकुडा लगाएतको सामग्री प्रदान गरेको संस्थाका अध्यक्ष सविता मगरले जानकारी दिनु भयो ।
आगलागि बाट घर पुर्णरुपमा क्षति हुनुका साथै घरभित्रको अन्न कपडा, गहना तथा नगर पैसा जलेर नष्ट भएको छ ।