जन्ताभ्वाईस सम्वाददाता
१९ पुष , बिहिबार , २०८०
कटारी/ कटारी नगरपालिकाले विपद जोखिम न्यूनीकरण कार्यक्रम अन्र्तगर्त आपतकालिन सामाग्री हस्तान्तरण गरेको छ । नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठ र उप प्रमुख गीता खड्काले इलाका प्रहरी कार्यालय कटारी र शशस्त्र प्रहरी बल बेश क्याम्प कटारीलाई विपद व्यवस्थापनका लागि आवश्यक सामाग्री प्रदान गर्नुभएको हो ।
आपतकालिन सामाग्रीहरु मध्ये हेलमेट, मास्क, लेदरग्लोवस, गमवुट, हेडल्याम्प, जुटरोप, स्ट्रेचर, खुर्पा,बेल्चा, कोदालो, पिलास, पाईपरेन्च, छिनो, हातेआरी, वन्चरो, फोल्डर भ–याङ, स्लिपिङ व्याग, लाईफ ज्याकेट फायर एक्सटिङगेसर, ब्ल्यांकेट, ह्वील व्यारो, गल, ह्याम्मर लगायतका सामाग्री वितरण गरिएको हो ।
विपद्मा प्रहरी लाई सुरक्षा सामाग्री आवश्यक रहने भन्दै सामाग्री प्रदान गरिएको नगरपालिकाले जनाएको छ । कटारी नगरपालिकाले गत वर्ष पनि नगरको पहाडी भेगमा रहेका सुरक्षा निकायलाई विपद व्यवस्थापनका लागि आवश्यक सुरक्षा सामाग्री हस्तान्रण गर्दै आएको नगरपालिकाका विपद व्यवस्थापन शाखाका सुदिप श्रेष्ठले बताउनु भयो । श्रेष्ठका अनुसार स्थानीय स्तरमा आईपर्न सक्ने विपद व्यवस्थापनको लागि आवश्यक पर्ने सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।


जनता भ्वाइस 







