images
images

कटारीमा सुरक्षा निकाय र सरोकारवाला विच शान्ति सुरक्षाबारे छलफल

जन्ताभ्वाईस सम्वाददाता
१९पुष , विहिवार , २०८०
कटारी
उदयपुरको कटारीमा सरोकारवालाहरु र जिल्लाका प्रमुख सुरक्षा निकाय विच शान्तिसुरक्षा बारे छलफल भएको छ । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे , जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रमेश थापा, शशस्त्र प्रहरी बल र कटारी नगरप्रमुख राजेश चन्द्र श्रेष्ठ,उपप्रमुख गिता खड्का,वडा अध्यक्ष लगाएत कटारीका सरोकारवाला विच शान्तिसुरक्षा बारे छलफल भएको हो । केहिदिन अघि मात्र उदयपुर सरुवा भई आएका प्रजिअ घिमिरेले जिल्लाको वर्तमान बस्तुस्थिती र आगामी रणनीति तय गर्न सुझावमूलक अन्तरक्रिया गरिएको बताउनु भयो । अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख राजेशचन्द्र श्रेष्ठले लागु पदार्थ दुव्र्यसनी कटारीको समस्या भएकोले लागु पदार्थ ओसारपसार नियन्त्रणमा जोड दिनु पर्ने बताउनु भयो । यसै गरी नगर उपप्रमुख गीता खड्काले सुरक्षा निकाय र स्थानीय निकाय विच समन्वय आवश्यक रहेको बताउनु भयो ।

जिल्लामा महिनादिन अघि मात्र सरुवा भई आएका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीको पनि उपस्थिती रहेको थियो । सो क्रममा प्रजिअ घिमिरेले वर्तमान अवस्थाबारे बुझ्दै शान्ती सुव्यवस्था र सेवा प्रवाह प्रभावकारी बनाउन सुझाव समेत संकलन गर्नु भएको थियो । नागरिकमैत्री सेवा प्रवाह, शान्तिसुरक्षा मजबुद बनाउन बजार क्षेत्रमा सीसी क्यामेर थप, सडक दुर्घटना, संघ र प्रदेश मातहतका सरकारी कार्यालयलाई थप प्रभावकारी बनाउनेलगायतको विषयमा छलफल भएको थियो ।

जिल्लास्थित सुरक्षा निकायअन्तर्गत नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानका अघिकारीहरु समेत संलग्न छलफलको क्रममा आएका सुझावहरुलाई कार्यन्वन गर्ने प्रजिअ घिमिरेको भनाई छ ।