
जन्ताभ्वाईस सम्वाददाता
१७ पुष , मंगलबार , २०८०
कटारी/ ईलाका प्रहरी कार्यालय कटारीले कटारी , ४ बाट सोमबार राति अवैध लागुऔषध सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटारी ८ का २० वर्षिय रुद्र तामाङ्ग रहेका छन् ।
तामाङ्गलाई स १०प १६१४ नम्बरको मोटरसाईलमा ककरुखोलाको पुल नजिकै कटारी तर्पm आउँदै गर्दा चेकजाँच गर्दा लागुऔषध फेला परेको हो । कार्यालयका प्रमुख डिएसपी सुभाष राईका अनुुसार तामाङ्गले बोकेको झोलामा एपेनबुल ५० लेखिएको २ सय ८० पत्तामा २ हजार ८ सय चक्की , स्पासपेन २० पत्तामा एकहजार चक्की र बासलिन झोल २ बोतल सहित पक्राउ गरिएको हो ।
उनलाई थप अनुसन्धानका लागि मंगलबार औषधि व्यवस्था विभाग विराटनगर पठाईएको पनि डिएसपी राईले बताउनुभयो । कटारीमा लागुऔषध प्रयोगकर्ता वढ्दै गएकाले यसको नियन्त्रणका लागि निरन्तर निगरानि राख्ने गरेको पनि प्रहरीले जनाएको छ ।