जन्ताभ्वाईस सम्वाददाता
१५ पुष , आईतबार , २०८०
कटारी /शुक्रबार ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा दैलेखका २१ वर्षीय सुजन रावतको मृत्यु भएपछि आईतबार पनि कटारीमा युवाहरुले प्रदर्शन गरेका छन् । ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा सुजनसँगै अछामका वीरेन्द्र शाहको पनि मृत्यु भएको थियो । कटारीको भूगोलपार्कमा युवाहरुले दुईका विरुद्ध दुई भन्दै प्रधानमन्त्री र गृहमन्त्रीको राजिनामा माग गरेका थिए ।
त्यसैगरी श्रद्धाञ्जली व्व्ब्यक्त गर्दै मौनधारण र दिप प्रज्वलन पनि गरिएको थियो । उनीहरुले प्रधानमन्त्री र गृहमन्त्रीको राजिनामा पनि मागे ।
त्यसैगरी युवा हत्याराको विरुद्ध देशव्यापी आवाज उठाऔं ,हत्यारा सरकार चाहिन्दैन , गोली हैन रोजगारी दे , हत्यारा सरकार मुर्दाबाद भन्ने प्लेकार्ड छातीमा टाँसेर उनीहरुले प्रदर्शन गरेका थिए । कार्यक्रममा मृतमका नाममा मौनधारण समेत गरिएको युवा सुरेन्द्र जयसवालले बताउनुभयो । शनिबार पनि भूगोलपार्कमा युवाहरुले प्रदशर्न गरेका थिए ।


जनता भ्वाइस 







