images
images

कटारी नगरपालिकाबाट सरुवा भएका प्रशासकीय अधिकृत किरातीको विदाई

जन्ताभ्वाईस सम्वाददाता
१५ पुष , आईतबार , २०८०
कटारी/ कटारी नगरपालिकाले आज एक कार्यक्रम गरी नगरपालिकाबाट सरुवा भई संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय जानुभएका प्रमुख प्रशासकीय अधिकृत अनिल किरातीलाई फेरी भेटौला कार्यक्रमको आयोजना गरि विदाइ गरेको छ । नगरपालिकाको हलमा जनप्रतिनिधि , कर्मचारी तथा , विभिन्न सरोकारवालाहरु उपस्थित कार्यक्रममा अधिकृत किरातीको विदाई गरिएको हो ।
कार्यक्रममा वोल्दै कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले किरातिले कटारी नगरपालिकालाई प्रशासनिक सुधारमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । आफुसँगै निर्वाचन जितेको जिल्लाका अन्य पालिकामा पटक पटक प्रशासकीय परिवर्तन भएपनि किरातिले कटारीमा लामो समय राम्रो काम र सहकार्य गरेकाले त्यस्तो नभएको बताउनुभयो ।
अभैm पनि कटारीमा रहन आग्रह गरेपनि किरातिले आप्mनो जागिरे जिवन साथै व्यक्तिगत कारणले सरुवा हुनुपरेकोले विदाई गर्न वाध्य भएको बताउनुभयो । त्यसैगरी किरातीले कटारीमा सवैको सहकार्यले काम गर्न सहज भएको बताउनुभयो ।
कटारी आप्mनो लागि ऐतिहासिक र जीवनको पहिलो सहर हुनुका साथै अहिलेसम्म सवैभन्दा बढी काम गरेको स्थानीय तह भएकाले आफुले कहिले नभुल्ने बताउनुभयो । यहाँको प्रशासनिक सुधारका लागि कर्मचारीहरुसँग मिलेर काम गरेको र जनप्रतिनिधिहरुको सहकार्य पनि राम्रो रहेको किरातीले बताउनुभयो ।
कार्यक्रममा कटारी नगरपालिकाका निवर्तमान मेयर ज्ञानेन्द्र श्रेष्ठ , उपमेयर गिता खड्का , वडाध्यक्षहरु , ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी सुभाष राई लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा अनिवार्य अवकास प्राप्त कर्मचारी झरीलाल अधिकारीलाई पनि विदाई गरिएको थियो । यस अघि अधिकृत किरातीलाई किरात राई पत्रकार मञ्च कटारी , किरात राई यायोक्खा कटारी लगायतले पनि विदाई गरेका थिए ।