जन्ताभ्वाईस सम्वाददाता
१४ पुष , शनिबार , २०८०
कटारी / ईलाका प्रहरी कार्यालय कटारीले कटारी ४ सिम्लेबाट १४ किलो ६० ग्राम गाँजा सहित एकजनालाई पक्राउ गरेको छ । शुक्रबार राति पक्राउ पर्नेमा ४८ वर्षिय सन्तोष राई रहेको कार्यालयका प्रमुख डिएसपी सुभाष राईले बताउनुभयो । राईका अनुसार राईलाई सिम्लेको एक कटेरोमा राखिएको गाँजा सहित पक्राउ गरिएको हो । उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको पनि डिएसपी राईले बताउनुभयो । पक्राउ परेका राई सिम्लेमा कोठा भाडा लिएर वस्दै आएको बताईएको छ ।


जनता भ्वाइस 







