images
images

स्थानीय सरकारले संञ्चालन गरेको १५ सैयाका अस्पत्ताल मध्ये कटारी अस्पत्ताल उत्कृष्ट

जन्ताभ्वाईस सम्वाददाता
१४ पुष , शनिबार , २०८०
कटारी/ स्थानीय सरकार मार्पmत संञ्चालित अस्पत्तालहरु मध्ये कटारी अस्पत्ताल देशकै उत्कृष्ट रहेको देखिएको छ । स्वास्थ्य मन्त्रालय र प्रदेश निर्देशानालयले दुई दिन कटारी अस्पत्तालमा अनुगमन गरी मापदण्ड लेखाजोखा गर्दा कटारी अस्पत्तालले ८३ अंक सहित सवैभन्दा बढी अंक ल्याएको हो ।
कटारी अस्पत्तालका निमित्त मेडिकल सुपरीडेण्टेड डा.गौरब साहका अनुसार देशभरका १५ सैयाका ३३ अस्पत्ताल मध्ये स्थानीय तहले संञ्चालन गरेको अस्पत्तालमा कटारी अस्पत्तालले सवैभन्दा बढी अंक ल्याएको हो । स्वास्थ्य मन्त्रालयको न्युनतम सेवा मापदण्ड एमएसएस कार्यक्रम अन्र्तगत निरिक्षण गरिएको पनि डा.साहले बताउनुभयो ।
निरिक्षणका लागि दुईदिनदेखि मन्त्रालय मार्पmत रिता पोखरेल , आईस्था साही , प्रदेश निर्देशानालयबाट श्रृजा दाहाल , श्रेया पंगेनी लगायत कटारी अस्पत्ताल आईपुगेका थिए । शनिबार कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठ , उपमेयर गिता खड्का , वडा नम्बर ४ का अध्यक्ष तथा अस्पत्ताल व्यवस्थापन समिति अध्यक्ष भूपेन्द्रसिंह तामाङ्ग लगायतको उपस्थितिमा टोलीले अस्पत्तालको अवस्थाका विषयमा गरिएको निरिक्षणको नतिजा सार्वजनिक गरेको हो ।