जन्ताभ्वाईस सम्वाददाता
१४ पुष , शनिबार , २०८०
कटारी /प्रेमवाद समाज परिवार हेवेन्ली निर्माणा पाथ कटारीले शनिबार कटारी बजारमा सरसफाई गरेको छ । प्रत्येक दुई महिनाको अन्तिम शनिबार कटारीमा सरसफाई गर्दै आएको हेवेन्लीले शनिबार आठौं संस्करणको सरसफाई गरेको हो ।
कटारी बजार प्रवेशद्वारको निर्माणाधिन बौद्ध पार्कमा एक र्कायक्रम गरी सरसफाई अभियानको सुरुवात गरिएको थियो । अभियानमा सरसफाईको सुरुवात गर्दै कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले नगरपालिकाले मात्रै सरसफाई सम्भव नहुने भएकाले हेवेन्ली जस्ता सरोकारवालाहरुलाई पनि सरसफाईमा सहकार्य गर्न आग्रह गर्नुभयो ।
विशेष गरी स्वास्थ्यलाई ध्यानमा राख्दै सरसफाई अभियान जारी राखिएको बताउँदै हेवेन्लीका केन्द्रीय सदस्य सरिता राई श्रेष्ठले यो अभियान जारी राख्ने बताउनुभयो । निकट भविष्यमा विगतमा जस्तै आमशं स्वास्थ्य शिविर पनि संञ्चालनको तयारीमा रहेको उहाँले बताउनुभयो ।
अभियानमा प्रहरी , ट्राफिक प्रहरी , शसस्त्र प्रहरी , अन्य सरोकारवालाहरुको सहभागीता रहेको थियो ।त्यसैगरी वडा नम्बर ३ का अध्यक्ष पुष्कर खड्का , ४ का अध्यक्ष भुपेन्द्रसिंह तामाङ्ग , ५ का अध्यक्ष मोहन तामाङ्ग , कटारीका वुद्धिजिवी कुमारसिंह राई , उद्योग वाणिज्य संघ , कटारी नगर उद्योग वाणिज्य संघ लगायतका सरोकारवालाहरुको पनि उपस्थिति रहेको थियो ।


जनता भ्वाइस 







