जन्ताभ्वाईस सम्वाददाता
पुस १२ , विहिबार , २०८०
गाईघाट /उदयपुरको नयाँ प्रमुख जिल्ला अधिकारीमा हरिप्रसाद घिमिरे आउनुभएको छ । घिमिरेले विहिबार स्थानीय पत्रकारसँग शान्तिसुरक्षा बारे छलफल समेत गर्नुभयो । केहिदिन अघि मात्र उदयपुर सरुवा भई आउनुभएका प्रजिअ घिमिरेले जिल्लाको वर्तमान बस्तुस्थिती र आगामी रणनीति तय गर्न सुझावमूलक अन्तरक्रिया गर्नुभएको हो ।
जिल्लामा महिनादिन अघि मात्र सरुवा भई आएका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीको पनि उपस्थिती रहेको थियो । सो क्रममा प्रजिअ घिमिरेले पत्रकारहरुसँग वर्तमान अवस्थाबारे बुझ्दै शान्ती सुव्यवस्था र सेवा प्रवाह प्रभावकारी बनाउन सुझाव समेत संकलन गर्नुभयो ।
नागरिकमैत्री सेवा प्रवाह, शान्तिसुरक्षा मजबुद बनाउन बजार क्षेत्रमा सीसी क्यामेर थप, सडक दुर्घटना, संघ र प्रदेश मातहतका सरकारी कार्यालयलाई थप प्रभावकारी बनाउनेलगायतको विषयमा छलफल भएको नेपाल पत्रकार महासंघ उदयपुरका सचिव विश्वराज तामाङले जानकारी दिनुभयो ।
जिल्लामा भर्खरै कार्यभार सम्हालेका सीडीओ घिमिरेले विभिन्न संचारमाध्यममा सार्बजनिक गरिने समाचारहरु तथ्यमा आधारित हुनुपर्नेमा जोड दिनुभयो । उदयपुरका तत्कालीन प्रजिअ जनार्दन गौतम केहीदिन अघि सरुवा भई तनहुँ जानुभएसँगै छिमेकी जिल्ला भोजपुरमा कार्यरत घिमिरे उदयपुर आउनुभएको हो ।


जनता भ्वाइस 







