जन्ताभ्वाईस सम्वाददाता
११ पुष , बुधबार , २०८०
कटारी/ कटारी , ३ राजावास स्थित श्री साँङ्गेछोयलिङ्ग बौद्ध गुम्वाले तीन महिने लामा सम्भोटा लिपी प्रशिक्षण दिने भएको छ । गुम्बा व्यवस्थापन समितिको विधान बमोजिम यहि पुष मसान्तदेखि तीन महिने सम्भोटा लिपी साक्षरता कार्यक्रम तथा लामा शिविर आयोजना गर्ने भएको हो ।
समितिका अध्यक्ष राजकुमारी घिसिङ्गका अनुसार शिविरमा ईच्छुक सवैलाई र अनाथ वालवालिकाहरुलाई पनि प्रशिक्षण दिईनेछ । ईच्छुकहरुले गुम्वामा सम्पर्क राख्न पनि अध्यक्ष घिसिङ्गले आग्रह गर्नुभयो । शिविरमा लामा गुरु प्रेमदोर्जे लामाले प्रशिक्षण दिनुहुनेछ ।


जनता भ्वाइस 







