images
images

राजिव तामाङ्गको अध्यक्षतामा नेपाल रेडक्रस सोसाईटी कटारी नगर शाखा कार्यसमिति गठन

जन्ताभ्वाईस सम्वादादता
९ पुष , पुष , २०८०
कटारी / नेपाल रेडक्रस सोसाईटी कटारी नगर शाखा कार्यसमिति गठन गरिएको छ । राजिव तामाङ्गको अध्यक्षतामा १६ सदस्यिय समिति सोमबार सार्वजनिक गरिएको हो । सोसाईटीका जिल्ला अध्यक्ष मदनराज कटुवालको उपस्थिति र कटारी नगरपालिकाका उपमेयर गिता खड्काको प्रमुख आतिथ्यतामा आदिवासी जनजाति महासंघको भवनमा एक कार्यक्रमकावीच समिति गठन गरिएको सार्वजनिक गरिएको हो ।
समितिको उपाध्यक्षमा राजकुमार थापा क्षेत्री , स्वार्णिमा तामाङ्ग , सचिवमा ईश्वरप्रसाद पोखरेल चयन भएका छन् । त्यसैगरी कोषाध्यक्षमा प्रमिला श्रेष्ठ कार्की , उपसचिवमा दिनेश गिरी , उपकोषाध्यक्षमा रामबाबु खड्का , चयन भएका छन् ।
सदस्यहरुमा सुरेन्द्र जयसवाल , तिलक कटुवाल , प्रदिप ढुंगाना , रेशम बराईली , ध्रुबकुमार कार्की , राजकुमार बुढाथोकी , दिपबहादुर भुजेल , श्याम माझी र डिकबहादुर तामाङ्ग चयन भएका छन् ।
नवगठित पदाधिकारीहरुलाई शुभकामना दिनुहुँदै नगरपालिकाकी उपमेयर खड्काले सम्पूर्ण राजनीतिक दलको सहमतिमा समिति गठन भएकोमा खुसी व्यक्त गर्नुभयो । त्यसैगरी कटारीको विपदमा नगरसँग समन्वय गरेर समितिलाई काम गर्न पनि उपमेयर खड्ेकाले आग्रह गर्नुभयो ।
कार्यक्रममा सोसाईटीका जिल्ला अध्यक्ष कटुवालले विशुद्ध मानवीय सेवामा काम गर्न नवगठित समितिलाई निर्देशन दिनुभयो । स्थानीय सरकारसँग समन्वय गरी विपदमा परेकाले रेडक्रस खोज्ने नभई रेडक्रसले विपदमा परेकालाई खोजेर सेवा गर्नुपर्ने बताउनुभयो ।