images
images

कटारीमा पनि धुमधामका साथ क्रिसमस डे मनाईयो

जन्ताभ्वाईस सम्वाददाता
९ पुष , सोमबार , २०८०
कटारी / क्रिश्चियन धर्मावलम्बीले सोमबार क्रिसमस डे मनाएका छन् । हरेक वर्ष अङ्ग्रेजी महिनाको डिसेम्बर २५ तारिखका दिन क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झना गर्दै विश्वभरीका क्रिश्चियन धर्मावलम्बीले क्रिसमस डे मनाउने गर्दछन् । आजभन्दा दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा मरियमको कोखबाट येशु ख्रीष्ट (जिसस क्राइस्ट)को जन्म भएको थियो ।
येशुले मुक्ति, प्रेम र शान्ति दिएको विश्वास गर्दै क्रिश्चियन समुदायले शुभकामना तथा उपहार आदानप्रदान गरि यो पर्व मनाउने गर्दछन् । येशुले मानव जातिका लागि योगदान पु¥याएको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।
क्रिसमसका अवसरमा कटारीका चर्चहरुमा पनि विभिन्न कार्यक्रमहरु गरिएका छन् । कटारी नगरपालिका भित्र मात्रै झण्डै २५ चर्चहरु रहेका छन् । कटारी ईशाई युवा समाजका अध्यक्ष लिलु मगरका अनुसार चर्चहरुमा एकआपसमा विभिन्न कार्यक्रम गर्दै क्रिसमस मनाईएको हो ।
क्रिसमसको अवसरमा कटारी ४ स्थित ईम्मानुएल नाजरिन मण्डलीमा एक कार्यक्रमका वीच कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले क्रिसमसको शुभकामन दिनुभयो । अनन्त मुक्ति , शान्ति र सुरक्षा रहोस भन्ने कामनाका साथ मेयर श्रेष्ठले शुभकामना दिनुभयो ।