जन्ताभ्वाईस सम्वाददाता
पुष ८, आईतबार , २०८०
कटारी / दुवै मृगौला काम नलाग्नेभएपछी कटारी , २ गराँस मगरटोलका ३४ वर्षिय मिना मगरलाई उपचारमा आर्थिक अभाव भएको छ । मगरको एकसातादेखि वीर अस्पत्ताल उपचार भईरहेको छ । लामो समयदेखि उपचाररत मगरको आर्थिक अवस्था कमजोर रहेको छ ।
श्रीमान प्रेम मगर सवारी चालक पेशामा आवद्ध हुनुहुन्थ्यो । श्रीमति विरामी भएपछि उहाँपनि उपचारमा व्यस्त हुनुहुन्छ । विरामीका आफन्त घनश्याम वुर्जा मगरका अनुसार मिनाको उपचारमा धेरै खर्च भईसकेको छ । अहिले उहाँ वीर अस्पत्तालमा डाक्टरहरुको निगरानिमा हुनुहुन्छ ।
उनलाई उपचार गरी जिवन रक्षा मगर परिवारले सवैलाई आग्रह गरेका छन् । मगरलाई सहयोग गर्न ईच्छुकहरुले मुक्तिनाथ विकास वैंक कटारीको खाता नम्बर ०४६२२३००७२१४३९०००००१ रहेको लक्ष्मी राना मगरको खातामा सहयोग जम्मा गर्न सक्नुहुनेछ । साथै विरामीलाई सहयोग गर्न ईच्छुकहरुले घनश्याम वुर्जा मगरलाई ९८४१३१८४३२मा सम्पर्क गरी पनि सहयोग गर्न सक्नुहुनेछ ।


जनता भ्वाइस 








