images
images

प्रथम अन्तर विद्यालय स्तरीय टाईगर कपको उपाधि भिक्टोरी वोर्डिङ्ग स्कूल गराँसको पोल्टामा

जन्ताभ्वाईस सम्वाददाता
७ पुष , शनिबार , २०८०
कटारी/ टाईगर फुटबल क्लव कटारीको आयोजनामा आज सम्पन्न प्रथम सेभेन ए साईड यु १३ अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगिताको उपाधि भिक्टोरी वोर्डिङ्ग स्कूल गराँसले जितेको छ । प्रतियोगिताको फाईनलमा चुरिया आधारभूत विद्यालय च्याँगालाई ० का विरुद्ध १ गोल गर्दै भिक्टोरी विजयी भएको हो ।
फाईनलमा भिक्टोरीका लागि रोचक तामाङ्गले गोल गरेका थिए । प्रतियोगिताको तेस्रो प्रभात वोर्डिङ्ग स्कूल बन्यो । प्रतियोगिताको उत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्ता च्याँगाका शुरेस तामाङ्ग घोषित भए । उनले साईकल पुरस्कार पाए ।
उत्कृष्ट गोल रक्षक गराँसका निर्मल विष्ट घोषित भए । म्यान अफ त म्याच गराँसका रोचक तामाङ्ग घोषित भए । अनुशासित टिममा तीनतले एजुकेशन वोर्डिङ्ग स्कूल घोषित भयो । विजयी तथा पुरष्कृत खेलाडीहरुलाई कटारी ४ का वडाध्यक्ष भूपेश तामाङ्ग , नगर खेलकुद विकास समितिका उपाध्यक्ष राजकुमार थापा , युवा नेता यज्ञकुमार राई लगायतले पुरस्कार प्रदान गरे ।
प्रतियोगिताको समापनमा वोल्दै वडाध्यक्ष तामाङ्गले आगामी दिनमा यस्तो प्रतियोगिताको लागि स्थानीय सरकारले सहयोग गर्ने बताउनुभयो । नगर खेलकुद विकास समितिका उपाध्यक्ष थापाले यो विद्यार्थीहरुका लागि एकदमै राम्रो प्रतियोगिता भएको बताउनुभयो ।
प्रतियोगिताको विजेता , उपविजेता र तेस्रो हुने टिमलाई शिल्ड , मेडल र प्रमाण पत्र प्रदान गरिएको क्लवका अध्यक्ष दिपक राईले बताउनुभयो । प्रतियोगितामा कटारीका १२ विद्यालयका विद्यार्थीहरुले प्रतिष्पर्धा प्रतियोगिताका संयोजक रोहन जोशीले बताउनुभयो ।