जन्ताभ्वाईस सम्वाददाता
पुष , ६ , शुक्रबार , २०८०
कटारी / नेपाली काँग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्न सोध्ने वेला भएको बताउनुभएको छ । आज शुक्रबार नेपाली काँग्रेस उदयपुरको प्रथम जिल्ला सम्मेलनलाई कटारीमा सम्बोधन गर्दै थापाले एकवर्ष भित्रमा प्रधानमन्त्रीले भनेको जस्तो काम किन गर्न सकिएन भनेर सोध्ने वेला आएको बताउनुभएको हो ।
पुष १० गते प्रधानमन्त्रीले सम्बोधन गर्ने बताएको भन्दै काँग्रेस नेता थापाले माघ १० सम्म एकपटक पनि कतै केहि नबोलि काम गर्ने प्रतिवद्धता जनाउन आग्रह गर्नुभयोे ।‘माघ १० गतेसम्म केहि उदघाटन गर्दिन्, शिलान्यास गर्दिन , केहि वोल्दिन विहानदेखि वेलुका सम्म काम गर्छु भन्नुस ।’महामन्त्री थापाले भन्नुभयोे , ‘हामीलाई वोल्ने मात्रै मान्छे होईन काम गर्ने मान्छे चाहिएको छ ।’
२०६० देखि आन्दोलन सफल होला , संविधान वन्दा केहि देशमा होला भन्ने पर्खिएका जनता अहिलेसम्म निराश रहेको नेता थापाको भनाई थियो ।‘त्यसैले हामीले अव कामको परिणाम देखाउनुपर्छ ।’थापाले भन्नुभयो ,‘२०८४ को चुनाव हारिएला भन्ने हैन चुनाव त हारेपनि केहिहुन्न तर जनतालाई कामको परिणाम देखाउन काँग्रेसले काम गर्नुपर्छ ।’
भ्रष्टाचारको अन्त्य , शुसासन कायम गर्ने काँग्रेसको दायित्व रहेको थापाले बताउनुभयो । ‘पहिले पहिले भ्रष्टाचारका काण्ड लुकेर जान्थ्यौ अहिले संसदमा छलफल गरिरहेका छौं ।’थापाले एनसेल काण्डमा एकपैसा घाटा नहुने गरी छलफल गरिरहेको बताउनुभयो ।‘सबै पार्टीका तमाम संसदहरु एकपैसा घाटा हुन नदिन काम गरिरहेका छौं ।’
संविधानलाई सुधार गर्न सकिने नेता थापाको भनाई थियो । ‘संविधान माथि प्रश्न उठेको छ खर्च धेरै भयो भन्ने ।’नेता थापाले भन्नुभयो , ‘हामीले कम प्रशासन खर्चमा काम गर्न सकिन्छ भन्ने पनि देखाउनुपर्छ ।’त्यसैगरी काँग्रेसका सहमहामन्त्री भिष्मराज आङ्गदेम्बेले काँग्रेसले देशलाई अप्ठ्यारो पर्दा भरोसा दिनुपर्ने बताउनुभयो ।
गणतन्त्र , संघियता , समावेशिता ,लोकतन्त्र माथि कुदृष्टि राख्नेहरु प्रति सचेत हुनुपर्नेै आङ्गदेम्बेको भनाई थियो । त्यसैगरी नेतृ डिला संग्रौलाले तीन तहमा काँग्रेस सरकारमा रहेकाले जनताको अधिकार दिन सक्यौं की सकिन भन्ने विषयमा छलफल गर्नुपर्ने बताउनुभयो ।
सम्मेलनमा काँग्रेसका केन्द्रीय , प्रदेश , जिल्ला तहका नेताहरुले सम्बोधन गरेका थिए ।कार्यक्रममा वोल्दै काँग्रेसका केन्द्रीय सदस्य नारायणबहादुर कार्कीले उदयपुरको काँग्रेसका लागि यो सम्मेलन महत्वपूर्ण रहेको बताउनुभयो । जिल्ला सभापति हिमाल कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रम पश्चात बन्द संगठनका बारेमा थप छलफल गरिने सम्मेलन आयोजक समितिका संयोजक राजेशचन्द्र श्रेष्ठले बताउनुभयो ।


जनता भ्वाइस 








