images
images

कटारीमा हुने काँग्रेसको सम्मेलनको तयारी पुरा

जन्ताभ्वाईस सम्वाददाता
५ पुष , विहिबार , २०८०
कटारी /भोलि कटारीमा हुने नेपाली कांग्रेस उदयपुरको प्रथम जिल्ला सम्मेलनको तयारी पुरा भएको काँग्रेसले जनाएको छ । जिल्ला सम्मेलनमा पूर्ब मन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको प्रमुख आतिथ्यता रहनेछ । सम्मेलनमा सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, बार्षिक नीति तथा कार्यक्रमको प्रस्तुतीकरणसँगै पूर्व पार्टी सभापतिहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।
नेपाली कांग्रेस उदयपुरका सभापति हिमाल कार्कीका अनुसार सम्मेलनमा करिव एक हजार चार सय प्रतिनिधि र नेपाली कांग्रेस सर्मथकहरुको सहभागी हुने आज गाईघाटमा पत्रकार सम्मेलन गरी जानकारी दिईएको छ ।नेपाली कांग्रेसको विधान र नेपाली कांग्रेस जिल्ला कार्यसमिति उदयपुरको निर्णय अनुसार जिल्लाभित्र रहेका वडा र प्रतिनिधि सभा क्षेत्रले बर्षको २ पटक तथा पालिका, प्रदेश र जिल्लाले बार्षिक रुपमा १ पटक सम्मेलन गनुपर्ने व्यवस्था भए बमोजिम जिल्लाले बार्षिक सम्मेलन गर्न लागिएको हो ।
बिधान अनुसार गएको बर्षनै पहिलो जिल्ला सम्मेलन गर्नु पर्ने थियो तर देशमा भएको स्थानिय तह, प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन सोही बर्ष भएकोले पार्टीले निर्वाचनमा होमीनु परेको साथै निर्वाचनको नतिजा र समिक्षा गनुपर्ने भएकोले गएको बर्ष जिल्ला सम्मेलन गर्न नसकिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो । सम्मेलनलाई सहमहामन्त्री भिष्मराज आङ्गदावे, केन्द्रिय सदस्य डा.नारायण खड्का, डा.डिला संग्रोला, नारायण कार्की, लक्ष्मि परियार, राजिव कोइराला, राजिव ढुङ्गाना, प्रदिप सुनुवार, मुख्य मन्त्री केदार कार्की,राष्ट्रियस सभा सदस्य रमेशजंग रायमाझी लगायतले सम्वोधन गर्नेछन् ।