images
images

प्रथम अन्तरविद्यालय स्तरीय टाईगर कप फुटबल शुक्रबार र शनिबार हुने

जन्ताभ्वाईस सम्वाददाता
४ पुष , बुधबार , २०८०
कटारी /टाईगर फुटबल क्लवले प्रथम सेभेन ए साईड १३ वर्ष मुनिको अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगिता यहि शुक्रबार ६ पुष र शनिबार ७ पुषमा गर्ने भएको छ । आज होटल मजेष्टीमा पत्रकार सम्मेलन गर्दै क्लवका अध्यक्ष दिपक राई प्रतियोगितामा कटारी भित्रका १२ विद्यालयका विद्यार्थीहरुले प्रतिष्पर्धा गर्ने जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेता , उपविजेता र तेस्रो हुने टिमलाई शिल्ड , मेडल र प्रमाण पत्रको व्यवस्था गरिएको छ । त्यसैगरी उत्कृष्ट खेलाडीलाई साईकल , उत्कृष्टा गोल रक्षक र सर्वाधिक गोलकर्तालाई पनि प्रमाण पत्र , ट्रफी र मेडलका साथमा पुरष्कारको व्यवस्था गरिएको छ ।
टाईगर फिल्डमा हुने प्रतियोगिता सेभेन ए साईडको फुटबल हुनेछ । प्रतियोगितामा मोदरल्यााड वोर्डिङ्ग स्कूल , सगरमाथा वोर्डिङ्ग स्कूल , नेशन वोर्डिङ्ग स्कूल मरुवा , चुरिया आधारभूत विद्यालय च्याँगा , सरस्वती मावि हडैया , त्रिवेणी मावि कटारीले साईड ए प्रतिष्पर्धा गर्दा , साईड वी मा प्रभात वोर्डिङ्ग स्कूल कटारी , कटारी मोडल वोर्डिङ्ग स्कूल , उदयपुर सौगात वोर्डिङ्ग स्कूल, तीनतले एजुकेशन वोर्डिङ्ग स्कूल , प्mुचर वोर्डिङ्ग स्कूल कटारी भिक्टोरी वोर्डिङ्ग स्कूलले प्रतिष्पर्धा गर्ने आयोजक क्लव टाईगर फुटबल क्लवका प्रशिक्षक रोहन जोशीले बताउनुभयो ।
क्लवका अध्यक्ष राईका अनुसार विद्यालय स्तरबाट नै फुटबलको विकासका लागि प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।