
जन्ताभ्वाईस सम्वादादता
३ पुष , मंगलबार , २०८०
कटारी / कटारी नगरपालिका सरकोकारवालाहरुले अर्थमन्त्री डा.प्रकाशशरण महतलाई मिर्चैया , कटारी , घुर्मी सडकखण्ड स्तरउन्नतीका लागि बजेट पार्न अनुरोध गरेका छन् । आज साँझ कटारी नगरपालिकाको हलमा अर्थमन्त्री महतसँग भेटघाट गर्दै कटारीका जनप्रतिनिधि तथा सरोकारवालाहरुले यस्तो माग गरेका हुन् ।
कार्यक्रममा कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठ , उपमेयर गिता खड्का लगायतले मन्त्री महतलाई सडक निर्माणका लागि काम गर्न आग्रह सहितको ज्ञापन पत्र बुझाएका थिए । कार्यक्रमा वोल्दै मन्त्री महतले यस सडकको बारेमा पटक पटक मन्त्रालयमा फायल पुगेको बताउनुभयो ।
यो सडक महत्वपूर्ण रहेकाले यसको बजेट सुनिष्चित गर्ने बताउनुभयो । बजेट सुनिष्चित गर्ने भन्दै मन्त्री महतले सडक बलियो बनाउनुपर्ने बताउनुभयो । राम्रो बाटो बनाउन पनि मन्त्री महतले निर्देशन दिनुभयो । त्यसैगरी अर्थमन्त्री डा.प्रकाश शरण महतले अर्थतन्त्रलाई लयमा फर्काउन सुधारका प्रयासलाई क्रमश कार्यन्वयन गरिरहेको बताउनुभएको छ । अर्थमन्त्री महतले विस्तारै समस्याहरु न्युन हुँदै गएको बताउनुभयो ।
मौद्रिक नीतिमा पनि समस्या भएको र राष्ट्रवैंकसँग मन्त्रालयमा छलफल गरेर अहिले व्याज घट्ने क्रममा रहेको बताउनुभयो ।‘ जग्गा कारोबारमा आएको समस्या हट्दै छ शेयर मार्केटपनि बढ्दै गएको अवस्था छ ।’उहाँले भन्नुभयो ,‘अहिले धेरै मात्रामा पर्यटक आईरहेका छन् भने रेमीट्यान्स पनि आईरहेको छ ।’
तर समग्रमा देशमा सामाजिक संञ्जालमा नकारात्मक असर बढेको अर्थमन्त्री महतको भनाई थियो । ‘अहिले नेपालमा केहि भएकै छैन् ,भविष्य छैन् सवै खराब छ , अवसर नै छैन् भन्ने नकारात्मक हल्ला पैmलिएको छ ।’मन्त्री महतले भन्नुभयो ,‘जुन लोकतान्त्रिक संविधान सुनिष्चित गरेका छौं यसैलाई आक्रमण भईरहेको छ ।’
कार्यक्रममा कोशी प्रदेशका प्रदेश सभा सदस्य रामकुमार खत्रीले सिरहाको मिर्चैया देखि कटारी , घुर्मी सडकखण्ड जीर्ण भएको र वर्षौसम्म काम हुन नसकेकाले यसको निर्माणमा सरकारको ध्यान जानुपर्ने बताउनुभयो । ‘जुनसुकै माध्यमबाट होस यो बाटो बन्नुपर्छ ।’प्रदेश सभा सदस्य खत्रीले भन्नुभयो । ,‘यो बाटो सरकारको नजरमा नपर्दा धेरै जनताले दुःख पाएका छन् ।’
कार्यक्रममा कटारी नगरपालिकाका पूर्व मेयर ज्ञानेन्द्र श्रेष्ठ , वडाध्यक्षहरु तथा राजनीतिक दलका प्रतिनिधि सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।