जन्ताभ्वाईस सम्वाददाता
२ पुष , सोमबार , २०८०
कटारी /आज २३ औं अन्र्तराष्ट्रिय आप्रवासी दिवश कटारीमा पनि दिप प्रज्वलन गरी मनाईएको छ । आप्रवासा योगदानको कदर , र अधिकारको सम्मान भन्ने नाराका साथ साँझ भूगोलपार्कमा दिप प्रज्वलन गरी दिवश मनाईएको हो ।
कटारी नगरपालिकाको आयोजनामा वैदेशिक रोजगारीको अवसरमा ज्यान गुमाएकाहरुको सम्झनामा दिप प्रज्वलन गरी दिवश मनाईएको वैदेशिक रोजगारीबाट फर्किएकाहरुको पुन एकीकरण परियोजना (रेमी)का राेजगार परामर्शकर्ता जयन्ती तामाङ्गले बताउनुभयो । वडा नम्बर ५ का वडाध्यक्ष मोहन तामाङ्ग , नगरपालिकाका रोजगार सेवा केन्द्रका संयोजक विनोद धमाल , नगरपालिकाका मेयरका स्वकीय प्रमुख सुदीप बराल , लगायत , कर्मचारीहरु , राजनीतिक दलका प्रतिनिधिहरु लगायतले दिप प्रज्वलन गरेका थिए ।
विदेशमा रोजगारीमा गएकाहरुको सम्झनामा विश्वभर आप्रवासी दिवश मनाउने गरिएको छ । १८ डिसेम्बरमा यो दिवश मनाईन्छ ।


जनता भ्वाइस 







