images
images

कटारीमा पुष ६ मा हुने काँग्रेस उदयपुरको सम्मेलनलाई सम्बोधन गर्न गगन थापा आउने

जन्ताभ्वाईस सम्वाददाता
१ पुष , आईतबार , २०८०
कटारी / नेपाली काँग्रेस उदयपुरले प्रथम जिल्ला सम्मेलन कटारीमा गर्ने भएको छ । आगामी पुष ६ गते काँग्रेस उदयपुरे कटारीमा आप्mनो प्रथम जिल्ला सम्मेलन गर्ने भएको हो ।
काँग्रेसका महामन्त्री गगन थापाको प्रमुख आतिथ्यतामा सम्मेलन गर्ने तयारी गरिएको छ । काँग्रेस उदयपुरको सूचना संचार तथा प्रचार विभागका अनुसार अहिले जिल्लामा काँग्रेसले तयारी वैठकहरु गरिरहेको छ ।
मातहतका समितिहरु सम्मेलनको तयारीमा जुटेका छन् । कटारीमा हुने सम्मेलनका लागि काँग्रेसले राजेशचन्द्र श्रेष्ठको संयोजकत्वमा २५ सदस्यिय सम्मेलन व्यवस्थापन समिति समेत गठन गरिसकेको छ ।
सुदृढ ंगठन र समृद्धिमा जोड , नेपाली काँग्रेस उदयपुरको अठोट भन्ने नाराका साथ सम्मेलन गर्न लागिएको हो । सम्मेलनलाई काँग्रेसका सहमन्त्री भीष्मराज आङ्गदेम्बे लगायतले सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।