images
images

पवन श्रेष्ठको अध्यक्षतामा कटारी नगर उद्योग वाणिज्य संघ गठन

जन्ताभ्वाईस सम्वाददाता
१ पुष , आईतबार , २०८०
कटारी / जिल्ला उद्योग वाणिज्य संघ , उदयपुरको कटारी शाखा गठन भएको छ । संघको शाखा अन्र्तगत कटारी नगर उद्योग वाणिज्य संघ पवन श्रेष्ठको अध्यक्षतामा गठन भएको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा दिलिप चौधरी , उद्योग तर्पm उपाध्यक्षमा अशोक श्रेष्ठ , वाणज्य तर्पmको उपाध्यक्षमा रविन्द्र प्रसाद जयसवाल , एशोसियट उपाध्यक्षमा सूर्य लामा चयन भएका छन् । त्यसैगरी महासचिवमा शेरबहादुर मगर (विमल) , सचिवमा देवान थापा , कोषाध्यक्षमा सञ्जिवकुमार कर्ण , चयन भएका छन् ।
सदस्यहरुमा हिरा कुमारी भट्टराई , विकल बराल , श्रवण सुनार , सुरज मगर , सुभाष दनुवार , लालबहादुर नार्टेन (रविन) ,रामभरोस दास , प्रकाश पोखरेल र राजकुमार कार्की चयन भएका छन् । जिल्ला उद्योग वाणिज्य संघ उदयपुरका अध्यक्ष चुडामणी कार्की , संरक्षक गजेन्द्रकुमार भगत लगायतका पदाधिकारीहरुको सहभागितामा वसेको भेलाले श्रेष्ठको अध्यक्षतामा नगर समिति गठन गरेको हो ।
कटारीमा व्यापारीहरुको हकहित र नीजि क्षेत्रको काम यसअघि देखि नै उदयुर उद्योग वाणिज्य संघ, कटारीले पनि गर्दै आईरहेको छ । गठित नयाँ समिति सँगै कटारीमा अर्को नीजि क्षेत्र थपिएको छ ।
गठित समितिका अध्यक्ष श्रेष्ठले दुवै संघको उद्येश्य एउटै भएको बताउँदै दुवै संघको सहकार्य रहने बताउनुभयो । जिल्लाकै पुरानो ठूलो बजार रहेपनि कटारीले नयाँ फड्को मार्न नसकेको बताउँदै अध्यक्ष श्रेष्ठले सुतिरहेको उद्योग वाणिज्य संघलाई उठाउने प्रयास गर्दै आगामी दिनमा व्यापारिक विकासमा सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।