जन्ताभ्वाईस सम्वाददाता
३० मंसिर , शनिबार , २०८०
कटारी /टाईगर फुटबल क्लवले प्रथम सेभेन ए साईड १३ वर्ष मुनिको अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । क्लवका अध्यक्ष दिपक राईका अनुसार यहि पुष ५ देखि ७ गतेसम्म कटारी टाईगर फिल्डमा प्रतियोगिता आयोजना गरिनेछ ।
प्रतियोगिताको विजेता टिमलाई शिल्ड , मेडल र प्रमाण पत्रको व्यवस्था गरिनेछ । विद्यालय स्तरबाट नै फुटबलको विकासका लागि प्रतियोगिताको आयोजना गर्न लागिएको हो । प्रतियोगितामा विद्यालयका विद्यार्थीहरुलाई सहभागी गराउन पनि आयोजकले आग्रह गरेको छ ।


जनता भ्वाइस 








